जनकपुरः ढुँगा प्रहार गरी एक जनाको हत्या !
सुतिरहेकै अवस्थामा उनको टाउको र अनुहारमा ढुँगा प्रहार गरी हत्या गरिएको

२०७६ फागुन २८ बुधबार, बेलुकी ६:३४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । तराई–मधेशमा होली मनाइरहँदा धनुषामा एक जनाको हत्या गरिएको खवर प्राप्त भएको छ ।
प्रदेश नं. २ को धनुषा जिल्लाको शहिदनग नगरपालिका वडा नं. ३ यदुकूहामा एक पुरुषको हत्या भएको ईलाका प्रहरी कार्यालय यदूकूहाले जनाएको छ ।
यदुकूहा बजार नकिजै जनता एकाई प्राविधिक माध्यमिक विद्यालय (स्कूल) को अगाडी बस्ने स्थानीय राज किशोर महतोलाई ढुँगा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) दीपक बाबु केसीका अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या गरिएको अवस्थामा फेला परेको हो ।
सुतिरहेकै अवस्थामा उनको टाउको र अनुहारमा ढुँगा प्रहार गरी हत्या गरिएको शवको प्रकृतिले देखिएको ईन्सपेक्टर केसीले बताउनुभयो ।
प्रारम्भिक जानकारी अनुसार मृतक महतोको दुई श्रीमति भएको र महतो कान्छी श्रीमतिसँग बस्दै आएका थिए । बाँसको छाप्रो जस्तो बनाइएको घरमा एक्लै सुत्दै आएका महतोको आजै हत्या गरिएको बताइएको छ ।
मृतक महतोको कान्छी श्रीमतिसँग अन्य व्यक्तिको अवैद्य सम्बन्ध भएको र त्यसकै निहुँमा हत्या गरिएको हुन सक्ने प्रहरी नीरिक्षक केसीले थप्नुभयो । “हामीले अनुसन्धान थालिसकेका छौं, शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान तीव्र पारेका छौं । कान्छी श्रीमतिसँगको अवैद्य सम्बन्धले उनको ज्यान लिएको हुन सक्ने देखिएको छ । तर हामी अनुन्धान पुरा गरेपछि यथार्थ भन्छौं ।”– उहाँले भन्नुभयो ।
कैयौं वर्षदेखि मृतक महतो आफ्नी जेठी श्रीमतिसँग भिन्नै बस्दै आएका थिए । उनको टाउको र अनुहारमा ढुँगा प्रहार गरिएको देखिएको छ ।
शंकाको आधारमा खोजविनको लागि उनकी कान्छी श्रीमति, छोरी र अन्य एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…