१५ दिने परिक्रमा आज धनुषाको सतोषरमा, भोली औरही विश्राम गर्ने
१५ औं पुनः जनकपुर आई २६ गते गृह परिक्रमा गरी समाप्त हुने छ ।

२०७६ फागुन २१ बुधबार, राति ८:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिलाको महाकुम्भ मानिने १५ दिन मिथिला विहारी माध्यमिकि परिक्रमा आज (बुधबार) धनुषाको सतोषरमा विश्राम लिएको छ ।
मिथिला बिहारी एवम् किशोरी जीको डोला सहित धनुषाको सबैला नगरपालिका स्थित बहुधार्मिक, बहुचर्चित (कुशमाहा) सतोषर धाममा विश्राम गरेको हो । यस्तै, भोली धनुषाको औरही पुग्ने भएको छ । औरहीपछि पुनः भारत प्रस्थान गर्ने छ ।
११ औं पडावस्थलमा विश्राम लिएका परिक्रममा श्रद्धालुहरु भने भोली १२ औं पडावस्थल औरही विश्राम गर्नेछ । पर्सी १३ औं पडावस्थल भारतको विसौल पुग्नेछ भने १४ औं करुणा र १५ औं पुनः जनकपुर आई २६ गते गृह परिक्रमा गरी समाप्त हुने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…