अब वीरगँजमै सुजुकी मोटरसाईकलको शोरुम
माग अनुसारको शोरुम नभएकोले पनि ग्राहकको आवश्यक्ता तथा मागलाई मध्यनजर गर्दै वीरगञ्जमा शोरुमको स्थापना गरिएको
२०७६ फागुन २१ बुधबार, राति ८:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । सवारी साधनको चर्चित ब्राण्ड मानिएको सुजुकी मोटरसाईकलको शोरुम वीरगँजमै खुलेको छ ।
वीरगँजमै अधिकारीक बिक्रेता सिविल अटो ट्रेडर्सको एक समारोहका बिच वीरगञ्जमा उद्घाटन गरिएको हो । ट्रेडर्सका सञ्चालक मोहमद इरफान मंसुरीका बुवा मोहमद यासिन मंसुरी र आमा सर्फुन नेसा मंसुरीले वीरगञ्जको क्रिमुर्ति चोकमा सुजुकी मोटरसाईकल, मोटुल मोविल, र स्टिल बर्ड हेलमेटको बित्री बितरणका लागि रिबन काटेर शो रुमको उद्घाटन उद्घाटन गर्नुभएको हो ।
एरोडाइनामिक टेक्नोलोजी, डबल एबिएस एफ आई इन्जिन, एच आई डि हेडलाईट लगायत ५ वर्षको इन्जिन वारेन्टी भएकोले सुजुकी मोटरसाईकल सबै ग्राहकको रोजाईमा पर्ने गरेको ट्रेडर्सका सञ्चालक इरफान मंसुरीले बताउनुभयो ।
वीरगञ्जमा माग अनुसारको शोरुम नभएकोले पनि ग्राहकको आवश्यक्ता तथा मागलाई मध्यनजर गर्दै वीरगञ्जमा शोरुमको स्थापना गरिएको सञ्चालक मंसुरीको भनाई थियो ।
उत्कृष्ट सेवा सुविधा सहितका नया प्रविधि र आकर्षक मुल्यमा १ लाख ८१ हजार ९ सय देखी लिएर ६ लाख सम्मका मोटरसाईकलहरु उपलब्ध रहेको ट्रेडर्सकी सेल्स अधिकृत रोशना श्रेष्ठले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शंकर प्रसाद यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…