न्यूज ब्यूरो, जनकपुरधाम । महेन्द्रनगर ईस्ट ब्रान्चले वीरेन्द्रबजारका फुटबल खेलाडीहरूलाई टिम जर्सी वितरण गरेको छ ।
स्थानीय स्तरमा रहेका खेलाडीहरूको प्रतिभा र उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले महेन्द्रनगर ईस्ट ब्रान्चले फुटबल टिमका खेलाडीहरूलाई जर्सी उपलब्ध गराएको हो ।
जर्सी वितरण कार्यक्रममा खेलकुदले युवाहरूमा अनुशासन, एकता, आत्मविश्वास, नेतृत्व क्षमता तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको थियो ।
आयोजकका अनुसार खेलाडीहरूका लागि जर्सी पहिरन मात्र नभई टिम भावना, एकता, पहिचान र खेलप्रतिको समर्पणको प्रतीकसमेत हो ।
स्थानीय खेलाडीहरूको मेहनत, लगनशीलता र अनुशासनलाई निरन्तर प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै आगामी खेलहरूमा वीरेन्द्रबजार फुटबल टिमले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ ।
महेन्द्रनगर ईस्ट ब्रान्चले स्थानीय स्तरमा रहेका प्रतिभाशाली खेलाडीहरूलाई आगामी दिनमा समेत हौसला र सहयोग प्रदान गर्दै उनीहरूको खेल यात्रामा साथ दिने ब्रान्चका युनिट ईन्चार्ज रोशन कुमार यादवले जानकारी दिए ।
जर्सी वितरणसँगै महेन्द्रनगर ईस्ट ब्रान्चले सम्पूर्ण वीरेन्द्रबजार फुटबल टिमलाई आगामी खेलका लागि शुभकामना व्यक्त गरेको यादवले बताए ।
पहिलो खेलमा टीम बीरेन्द्रबजारले जीत हाँसिल गरेको युनिट ईन्चार्ज यादवले थपे ।
लाखौ रुपैयाँ ठगी गरी भागेको भन्दै इजरायलका छोरा हैदर अलीलाई पक्राउ गर्न पटक पटक पक्राउ पूर्जी, अलि अझै फरार
- २०८३ असोज ७ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारसम्बन्धी ठगी मुद्दामा आरोपित दुई जनालाई पक्राउ गरी अनुसन्धानका लागि उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीसँग सहयोग मागेको छ । वैदेशिक रोजगार विभागको अनुसन्धान शाखाले काठमाडौं
पूरा पढ्नुहोस्




