न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय, जनकपुरधामले झन्डै २४ हजार थान क्यूआरयुक्त सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण सुरु गरेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै सेवाग्राहीलाई कार्ड वितरण गर्न लागिएको जानकारी दिएको हो।
कार्यालयका अनुसार प्राप्त स्मार्ट कार्डहरूको विवरण सार्वजनिक गरिएको छ र सम्बन्धित सेवाग्राहीलाई आफ्नो नाम यकिन गरी अनुमतिपत्र लिन आउन आग्रह गरिएको छ। लाइसेन्स बुझ्न जाँदा सक्कल रसिद वा पुरानो लाइसेन्स अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ।
तर, सेवाग्राहीले सहज रूपमा आफ्नो नाम फेला पार्ने व्यवस्था नहुँदा समस्या उत्पन्न भएको छ। नागरिक एप वा यातायात व्यवस्था विभागको वेबसाइटमा ‘कार्ड छापिएको’ देखिए पनि कार्यालयले सार्वजनिक गरेको सूचीमा नाम नभएसम्म कार्ड उपलब्ध नहुने अवस्था रहेको छ। त्यसैले कार्ड लिन जानुअघि सूचीमा नाम भएको सुनिश्चित गर्नुपर्ने बाध्यता छ।
कार्यालयले उक्त सूची व्यवस्थित रूपमा सार्वजनिक नगरेको भन्दै सेवाग्राही असन्तुष्ट छन्। झन्डै ५१७ पृष्ठ लामो पीडीएफ फाइललाई फोटोमा रूपान्तरण गरी फेसबुकमार्फत छुट्टाछुट्टै पोस्टमा राखिएकाले नाम खोज्न कठिन भएको उनीहरूको गुनासो छ।
फोटोमा ‘सर्च’ सुविधा नहुने र एक–एक गरी हेर्न पनि झन्झटिलो हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको बताएका छन्। त्यसमाथि नाम र थर अव्यवस्थित ढंगले राखिएकाले खोज्न थप कठिन भएको उनीहरूको भनाइ छ।
यस विषयमा सेवाग्राहीको गुनासो बढेपछि सम्बन्धित निकायको वेबसाइटमा उक्त पीडीएफ फाइल खोज्दा पनि फेला नपरेको छ।
धनुषाः आफ्नै दरबाजामा राखिएको दुई ट्रिपरमा आगजनी, एक जलेर ध्वस्त, लाखौँको नोक्सान
- २०८३ बैशाख २३ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ पुराना चिरैयास्थित एक जनाको ट्रिपरमा आगजनी गरिदिँदा जलेर ध्वस्त भएको छ । स्थानीय सरोज यादवको दरबाजामा पार्किँग गरि राखिएको दुईवटा ट्रिपरमा
पूरा पढ्नुहोस्


