परिक्रमाका तिर्थालुलाई धनुषाधाम नगरपालिकाको राहत
हजारौं तीर्थालु सदावरस (निःशुल्क समाग्री) को लाभ उठाएको हो ।

२०७६ फागुन २० मंगलबार, बिहान ७:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ९ औं पडावस्थल धनुषाको पर्वता विश्राम गरेका परिक्रमाका धार्मिक यात्रीहरुलाई नगरपालिकाले राहत सहयोग गरेको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ५ पर्ने पर्वतामा विश्राम यात्रीहरुलाई नगरपालिकाले निःशुल्क चामल, च्यूरा, दाउरा, मुरही, दाल लगायतका समाग्री सहयोग गरेको छ । सहभागी साधु सन्तहरुलाई रात्री भोजनको लागि तरकारी सहित उक्त समाग्रीहरु प्रदान गरिएको हो ।
सहभागी सहभागी साधुसन्त सहित परिक्रमाका तिर्थालुहरुलाई समूह व्यवस्थापनको हिसाबले खाद्यान्न समाग्रीहरु वितरण गरिएको वडाध्यक्ष ईन्द्र कुमार महतोले जानकारी दिनुभयो । यात्रीहरुलाई पर्याप्त मात्रामा चाहिने चामल दाल सहित दाउरा समेत वितरण गरिएको थियो ।
गत वर्षहरुको तुलनामा यस बर्ष भव्य ब्यवस्थापन गरिएको हो। हजारौं तीर्थालु सदावरस (निःशुल्क समाग्री) को लाभ उठाएको हो ।
सोही क्रममा यात्रीहरुलाई मध्यनजर गर्दै स्वास्थ्य चौकी उमाप््रेमपुरद्धारा निःशुल्क स्वास्थ्य शिविर समेत सँचालन गरिएको थियो । निःशुल्क रुपमा औषधी वितरण गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…