धनुषाधामको प्रत्येक टोलमा सामुदायिक भवन हुन्छ : मेयर मण्डल
सो कार्यक्रममा स्थानीय महिलाहरु स्थानीय संगित गाउदै खुसी व्यक्त गरेका थिए ।

२०७६ फागुन १९ सोमबार, राति ९:२८ बजे१ मिनेट पढाइ

न्युज ब्यूरो ,जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले नगरपालिकाको प्रत्येक वडाको टोल टोलमा समुदायिक भवन निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ५ उतरवारी टोल नौसयबिघामा आज (सोमबार) सामुदायिक भवनको शिलान्यास गर्दै मेयर मण्डलले नगरवासीको सहजता र सुविधाको लागि प्रत्येक टोल टोलमा समुदायिक भवन बनाउने उदघोष गर्नुभएको छ ।
प्रत्येक टोलमा समुदायिक भवन बनाउने कार्य योजना करिब ८५ प्रतिशत कार्य पूरा भएको उल्लेख गर्दै उहाँले बाँकी रहेको ठाउँमा पनि तीव्र गतिमा निर्माण कार्य भईरहेको बताउनुभयो ।
मेयर मण्डल ,नगरकी उपप्रमुख (उपमेयर) बिध्या देवि भुजेल, वडा अध्यक्ष इन्द्रकुमार महतोले सँयुक्त रुपमा सामुदायिक भवनको शिलान्यास गर्नुभएको हो । सोही कार्यक्रममा बोल्दै स्थानीय हिरा साहले हनुमान मन्दिर नजिक बनाएको सामुदायिक भवनबाट हरेक क्षेत्रबाट टेवा पुग्ने भन्दै मेयर मण्डलको प्रशंसा गर्नुभयो ।
सो कार्यक्रममा स्थानीय महिलाहरु स्थानीय संगित गाउदै खुसी व्यक्त गरेका थिए । कार्यक्रममा समाजसेवि शोभित साह ,स्थानीय भद्रभलादमिको उपस्थितिमा शिलान्यास गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…