सरसफाइले नै मानवको सभ्यता झल्किन्छ : मन्त्री यादव
स्वास्थ्य जिबन जिउनका लागि सरसफाइ नभई नहुने भएकोले सबैलाई यस अभियान लाग्न आग्रह

२०७६ फागुन १७ शनिबार, राति १०:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले सरसफाईले नै मानिसको सभ्यता झल्किने गरेको बताउनुभएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ एवम् ऐतिहासिक स्थल धनुषाधाममा असहाय मंचको अगुवाइमा भएको सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरसफाइले नै मानव बास्तबिक सभ्यता झल्किने भएकोले सबैले आ–आफ्नो ठाउँमा सरसफाइ गर्न आग्रह गर्नुभयो ।
पर्यटन बर्ष २०२० सफल बनाउन असहाय मंचले २० गाउँ २० शहर सरसफाइ अभियान अन्तरगत मंचको धनुष मन्दिर लगाईतका स्थानहरुमा सरसफाइ गरिएको हो ।
प्रमुख अथिती समेत रहनु भएका मन्त्री यादवले स्वास्थ्य जिबन जिउनका लागि सरसफाइ नभई नहुने भएकोले सबैलाई यस अभियान लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रम समाजवादी पार्टीका नेता साधु यादव धनुषाधाम धार्मिक दृस्ठिकोण समेत छुट्टै पहिचान बनाएको हुनाले प्रदेश सरकारलाई धनुषाधामको बिकासमा जोड दिन आग्रह गरे कार्यक्रमको अध्यक्षमा नेता यादवले नै गर्नु भएको थियो ।
कार्यक्रममा समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष ज्ञान् कुमार यादव, सपा नगर अध्यक्ष बिनोद कुमार यादव,असहाय मंचका अध्यक्ष बैजनाथ साह, राहुल पान्डे, शत्रुधन यादव,मिनु झा, लगयतको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…