धनुषाको कमला नगरपालिकामा १३ र १४ गते बेटी बीमा, सहभागी हुन आग्रह
सो अवधिमा जन्मिएकी बालिकाको बीमा गराउन नगरपालिका कार्यालयले अनुरोध गरेको छ ।

२०७६ फागुन १२ सोमबार, राति ८:३३ बजे१ मिनेट पढाइ
सो अवधिमा जन्मिएकी बालिकाको बीमा गराउन नगरपालिका कार्यालयले अनुरोध गरेको छ ।

२०७६ फागुन १२ सोमबार, राति ८:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत फागुन १३ र १४ गते कमला नगरपालिकामा पनि बेटी बीमा कार्यक्रम हुने भएको छ ।
धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयामा १३ गते (मँगलबार) देखि बेटी बीमा कार्यक्रम हुने भएको छ । मुख्यमन्त्रीको अभियान अन्तर्गत गत वर्ष अर्थात २०७५ सालको माघ १ गतेदेखि अहिलेसम्म जन्मेकी बालिकाको प्रदेश सरकारले निःशुल्क बीमा गरिरहेको छ ।
कमला नगरपालिकाको ९ वटै वडालाई केन्द्रीत गरी प्रथम दिन फागुन १३ गते मँगलबार विहान १० बजदेखि साँझ ५ बजेसम्म बीमा कार्यक्रम हुने भएको छ । त्यसको लागि विभिन्न वडाबाट सो अवधिमा जन्मिएकी बालिकाको बीमा गराउन नगरपालिका कार्यालयले अनुरोध गरेको छ ।
कमला नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र सढानले सूचना जारी गर्दै दुई दिने छोरी बीमा कार्यक्रममा सहभागी हुन नगरवासीलाई आग्रह गर्नुभएको छ । प्रथम दिन माचि झिटकैया स्थित रहेको नगरपालिका कार्यालयमा हुनेछ भने दोस्रो दिन अर्थात फागुन १४ गते बुधबार दुबरकोट हथलेटवामा गरिने जनाइएको छ । बीमा कार्यक्रम स्वास्थ्यचौकी दुबरकोटमा गरिने छ ।
छोरी बीमाको लागि अभिभावको तर्फबाट २०७५ सालदेखि यता जन्मिएकी बालिकाको जन्मदर्ताको फोटोकापी, ६ प्रतिफोटो, अभिभावक (गारजियन–वुवा वा आमा) को नागरिकताको फोटोकोपी र ६ प्रतिफोटो लिएर आउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज
असोज २०८३
सोमबार · द्दितीया

सोमबार · द्दितीया
माता ब्रम्हचारिणी पूजन
माता ब्रह्मचारिणीलाई तपस्या, त्याग, धैर्य र साधनाको प्रतीक मानिन्छ। उहाँको पूजाले आत्मबल, शान्ति र संयम प्राप्त हुने धार्मिक विश्वास छ।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…