विदेशमा मृत्यू भएका सहनी परिवारलाई सम्मान मधेशको सहयोग
पढाई खर्च सहित दैनिक जीवनयापनको लागि सहयोग गरेको जनाइएको छ ।

२०७६ फागुन ११ आइतबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीको क्रममा मृत्यू भएका सिरहाका सहनी परिवारलाई सम्मान मधेशले सहयोग गरेको छ
सिरहा जिल्लाको परसा पोखर भिणडा गाउँपालिकाको वडा नं. २ लक्ष्मीपुर पताईर बस्ने अशोक सहनीको करिब ५ महिनाअघि नै विदेशमै मृत्यू भएको थियो । उनकी पत्नी तपेसरि देबि सहनी अन्दानी २७ बर्ष की आफ्नो जीवन धेरै दुःख कष्टमा विताईरहेको र उनलाई २ ओटा स साना छोरी समेत रहेको जानकारी पाएपछि सम्मान मधेशले सहयोग गरेको हो ।
उनकी दुई छोरी काजल कुमारी सहनी र दिपा कुमारी सहनीलाई पढाउनु र घर बनाउन को लागि सम्मान मधेश कतार संस्थाद्धारा पिडत सहनी परिवारलाई आर्थिक सहयोग स्वरुप २५ हजार ५ सय ५१ रूपैयाँ सहयोग गरिएको हो ।
सँस्थाद्धारा मृतक सहनीकी श्रीमति तपेशरी देवि सहनीलाई उक्त रकम सहयोग गरिएको हो । सहनी परिवारलाई सम्मान मधेश कतारका अध्यक्ष श्रीप्रताप साहले उनको घरमै पुगेर उनको श्रीमतिलाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।
सहनीको अवस्थाबारे फेसबुक सहित समाजिक सँजालमा उनको भिडियो र तस्विर सार्वजनिक भएपछि सहयोगकर्ताहरुले उनलाई सहयोग गरेको हो । सम्मान मधेशका पदाधिकारीहरुले बालिकाहरुको पढाई खर्च सहित दैनिक जीवनयापनको लागि सहयोग गरेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…