मधेशको महाकुम्भ मानिने परिक्रमा भोली भारत पुग्ने
परिक्रमाको समापन भएपछि त्यसको भोलीपल्टदेखि नै होली सुरु हुन्छ ।

२०७६ फागुन ११ आइतबार, बेलुकी ६:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिलाको कुम्भ मेला मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ ।
१५ दिवसीय मध्यमा परिक्रमाको लागि कचुरीबाट मिथिला बिहारीको डोला आईतवार बिहान जनकपुर उपमहानगरपालिका वडा न १२ स्थित हनुमानगगढीआईपुगेको छ । । मिथिला बिहारी नगरपालिका वडा नं ८ स्थित मिथिला बिहारी मठबाट डोला उठेपछि १५ दिवसीय मध्यमा परिक्रमाको आरम्भ हुन्छ ।
मिथिला बिहारीको डोला हनुमानगढीबाट भोली (सोमबार) बिहान भारतको कल्याणेश्वरको लागि प्रस्थान गर्ने छ । कल्याणेश्वरबाट भारतको फुलहर (गिरिजास्थान) हुँदै मिथिला बिहारीको डोला महोत्तरीको मटिहानी आइपुग्ने छ ।
मटिहानीबाट जलेश्वर, मडै, ध्रुवकुण्ड र महोत्तरीको अन्तिम बासस्थान कंचनवन आइपुग्ने छ । आउँदो मिथिला मध्यमा परिक्रमा धनुषा प्रवेश गर्नेछ ।
धनुषाको पर्वतापछि धनुषाधाम परिक्रमायात्री आइपुग्नेछ । धनुषाधामबाट परिक्रमा सतोषर प्रस्थान गर्ने छ । सतोषरबाट परिक्रयाको लस्कर औरहीको लागि प्रस्थान गर्ने छ ।
औरहीबाट भारतको करुणा बास बसेर बिसौलमा बास बस्ने छ । परिक्रमा वासि जनकपुरधाम आइपुग्ने छ । अन्तगृह परिक्रमा गरेर १५ दिवसीय परिक्रमाको समापन हुनेछ । परिक्रमाको समापन भएपछि त्यसको भोलीपल्टदेखि नै होली सुरु हुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…