सिरहा : साँझमा बच्चा खेल्दै थिए, विहान पोखरीमा मृत भेटिए
न्यूज ब्यूरो, सिरहा । सिरहामा एक बालकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । सिरहाको कल्याणपुर नगरपालिका ३ इटारीपर्साहीका राजकुमार मण्डलको छोरा ३ वर्षीय आयुष मण्डल आज शुक्रवार विहान पोखरीमा मृत फेला परेको हो । बिहीबार छिमेकीको विवाह रहेकाले कतिखेर हराएको भन्ने एकीन नभएपनि साँझमा बच्चा खोज्दा फे

२०७६ फागुन ९ शुक्रबार, राति ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक बालकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ ।
सिरहाको कल्याणपुर नगरपालिका ३ इटारीपर्साहीका राजकुमार मण्डलको छोरा ३ वर्षीय आयुष मण्डल आज शुक्रवार विहान पोखरीमा मृत फेला परेको हो । बिहीबार छिमेकीको विवाह रहेकाले कतिखेर हराएको भन्ने एकीन नभएपनि साँझमा बच्चा खोज्दा फेला परेन ।
बच्चा नभेटिएपछि रातभरी खोज तलास गरेपनि विहानमात्र पोखरीमा फेला परेको सिरहा प्रहरीले जनाएको छ । बच्चा आफै खेल्दै जाने क्रममा डुबेको हुनसक्ने अनुमान गरिएपनि घटनाबारे थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विनोद घिमिरेले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…