जनकपुरलाई खुल्ला मदिरामुक्त शहर बनाइने : मुख्यमन्त्री राउत
हरेक व्यक्तिलाई आफनै मनबाट शान्तिको शुरुवात गर्नु पर्ने बताउनु भयो ।

२०७६ फागुन ९ शुक्रबार, बिहान १०:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ अस्थायी राजधानी रहेको जनकपुरधामलाई खुल्ला मदिरामुक्त शहर बनाउने बताईइएको छ ।
प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले जनकपुरधामलाई खुला मदिरा मुक्त बनाइने बताउनु भएको हो। महाशिवरात्रीको अवसरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरले आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको छ ।
मुख्यमन्त्री राउतले जनकपुरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै खुला मदिरा मुक्त शहर घोषणा गर्ने प्रदेश सरकारको तैयारी रहेको बताउनुभएको हो ।
प्रहरी हस्तारण भए लगतै खुल्ला मदिरा मुक्त अभियान जनकपुरधामबाट शुरु गरि क्रमशः प्रदेश भरि लागु गर्दै जाने बताउनु भयो ।
सेवा केन्द्रका संचालिका सृजना देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोलनले शान्ति विना विकास सम्भव नरहेकाले हरेक व्यक्तिलाई आफनै मनबाट शान्तिको शुरुवात गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो । राजयोग सेवा केन्द्र जनकपुर नगरमा शान्ति यात्रा समेत निकालेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…