नेविसंघका नेता कार्यकर्ता उपर लाठीचार्ज !
७० करोड बढी कमिसन मागेको अडियो बाहिरिएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

२०७६ फागुन ८ बिहीबार, राति ८:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । आजै मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँसकोटालाई कारवाहीको माग गर्दै प्रदर्शन गर्न गएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता कार्यकर्ता उपर लाठी चार्ज गरिएको छ ।
७० करोड कमिसन प्रकरणमा मुछिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा राजीनामा दिएका गोकुल बाँस्कोटालाई कानुन दायरामा ल्याउन माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघ ९नेविसंघ०का नेता कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको हो ।
काठमाडौंकोस्थित प्रदर्शनी मार्गमा भएको आन्दोलनमा प्रहरीको लाठी चार्जबाट नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, युवराज पाण्डे विद्यार्थी नेताहरु सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्का लगायतलगायत दर्जन बदी नेता कार्यकर्ता घाइते भएका छन् ।
नेबिसंघ त्रिभुवन विश्वविद्यालय समितिका इकाइ सचिव योगेन्द्र रावलका अनुसार उनीहरुको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ । जसमा महामन्त्री थपलिया गम्भीर घाइते भएको उनले बताए ।
आजै अपरान्ह काठमाडौँको त्रिभुवन विमानस्थलको मूल द्वारमा नेपाली विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुले शान्तिपूर्ण रुपमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गर्दा प्रहरीको हस्तक्षेपबाट रविन्द्र रोकाय, राकेश शिवाकोटी, विपिन बुढाथोकी, विष्णुहरि खड्का, अनिल खनाल, गोपी भण्डारी, विवेक उप्रेती लगायतका विद्यार्थीहरु घाइते भएका थिए । घाइते विष्णुहरि खड्कालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको थियो ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड बढी कमिसन मागेको अडियो बाहिरिएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…