नेपाल पसेका रोहिंग्या मुस्लिमलाई नेपाल छोडन यस्तो निर्देशन !
खाली रहेको जग्गा भाडामा लगेर पैसा आउने भएपछि बस्न अनुमति दिएको उनीहरुले स्पष्ट पारेका छन् ।

२०७६ फागुन ८ बिहीबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । भारतको बाटो हुँदै नेपाल पसेका रोहिंग्या शरणार्थीलाई नेपाल छोड्न आदेश दिइएको छ ।
म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले ७ दिनको समय सीमा तोकेका छन् ।
मंसिर १० गते कुशादेवी झरेका उनीहरुले २३ परिवारका लागि छुट्टाछुट्टै टहरा बनाए पनि जग्गाधनी सत्यराम थापाले हट्न निर्देशन दिनु भएको हो । आफुहरुलाई शरणार्थी हुन् भन्ने आएको ३ दिनपछि मात्रै थाहा भएको उहाँले जानकारी दिनुभयो ।
काम गर्न अनुमति नभएको र नेपालले शरणार्थी स्वीकार नगरेको थाहा पाएपछि हट्न भनिएको हो । त्रिवीका एक प्राध्यापकमार्फत रोहिंग्याहरु सत्यरामको सम्पर्कमा पुगेका थिए ।
खाली रहेको जग्गा भाडामा लगेर पैसा आउने भएपछि बस्न अनुमति दिएको उनीहरुले स्पष्ट पारेका छन् । रोहिंग्याका टोली नेता महोम्मद युसुफले टहरा निर्माणको लागि ६ लाखभन्दा बढी खर्च भइसकेको भन्दै बस्ने अर्को विकल्प पनि नभएको बताए ।
सन्दर्भ समाग्रीः जनबोलीडटकम
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…