सिरहामा बालविवाहमा कडाई, एकैदिन ३ विवाह रोकियो
बालविवाह बारे सूचना पाए खवर गर्न प्रहरीले अनुरोध पनि गरेको छ ।

२०७६ माघ २८ मंगलबार, बेलुकी ५:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले बालविवाहमा कडाई गरेको छ ।
प्रहरीले एकैदिनमा तीन जोडी बालविवाह रोकेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाले विवाहको तयारीमा रहेको तीन जोडी बालविवाह रोकेको हो ।
सिरहाको कर्जन्हा नगरपालिका–६ वेतकाका रिझान मुखियाकी १५ वर्षीया छोरी रन्जुको र कल्याणपुर नगरपालिका–१ अर्नमाका रामनरेश माझीकी १७ वर्षीया छोरी गणिता माझिको महोत्तरीमा हुन लागेको विवाह प्रहरीले रोकेको छ ।
त्यसैगरी विवाहको तयारी भइरहेको अवस्थामा मिर्चैया नगरपालिका–५ का बेहरा मण्डललकी छोरीको विवाह पनि प्रहरीले रोकेको सिरहा प्रहरीले जनाएको छ । बालविवाह हुन लागेको विशेष सूचनाको आधारमा प्रहरी पुगेर उनीहरुको विवाह रोकेको हो ।
प्रहरीले उनीहरुको अभिभावलाई बालविवाह काननीरुपमा अपराध भएको र बालविवाह गराए कानुनी कारबाही हुने जनाएपछि बालविवाह नगर्ने नगराउने विषयमा सहमत भएको प्रहरीले जनाएको छ । बालविवाह बारे सूचना पाए खवर गर्न प्रहरीले अनुरोध पनि गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…