सामाजिक रुपान्तरणमा सामुदायिक रेडियोको भूमिका प्रशंसनीय : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, बर्दिवास । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा व्याप्त कुरितिहरुको न्यूनिकरणमा सामुदायिक रेडियोहरुले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् । सामुदायिक रेडियो प्रशारक संघले ९ औं विश्व रेडियो दिवसको अवसर पारेर आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको रेडियो र विविधता विषय

२०७६ माघ २८ मंगलबार, दिउँसो ४:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा व्याप्त कुरितिहरुको न्यूनिकरणमा सामुदायिक रेडियोहरुले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
सामुदायिक रेडियो प्रशारक संघले ९ औं विश्व रेडियो दिवसको अवसर पारेर आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको रेडियो र विविधता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मूख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।
सबैको पहुँचमा रहेको प्रमुख संचार माध्यम रेडियोबाट प्रशारण हुने जनचेतना मुलक कार्यक्रमहरुले थुप्रै कुरितीहरु अन्तको कागारमा रहेको उल्लेख गर्दै उनले सामुदायिक रेडियोहरुको यस अभियानमा प्रदेश सरकार समेत सहयात्री बन्ने प्रतिबद्धता जनाए । कानून निर्माणको चरणमा रहेको प्रदेश सरकारले समाजिक रुपान्तरणको क्षेत्रमा गरेको कार्यहरु बारे जनतालाई सुसूचित गराउने अभिभारा सामुदायिक रेडियोहरुको रहेको पनि बताए ।
मुख्यमन्त्री राउतले सामुदायिक रेडियोहरुलाई सशक्त बनाउन प्रदेश सरकार अगामी दिनमा रणनीति नै बनाएर अघि बढने विश्वास दिलाए । संघका उपाध्यक्ष निमिष कर्णको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका महासचिव गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष शितल साह, मटिहानी नपाका नगर प्रमुख हरिप्रसाद मण्डल सहितका वक्ताहरुले प्रदेश सरकारले सामुदायिक रेडियोहरुको वृति विकासका लागि सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…