सिरहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु
न्यूज ब्यूरो, सिरहा । सिरहामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यू भएको छ । सिरहाको नरहा गाउँपालिका ५ स्थित सोमबार बिहान साढे ५ बजे ना ४ ख ९२४१ नम्बरको बसले लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका ३ रमौलका २९ वर्षीय अमन मण्डल र मखनाह

२०७६ माघ २७ सोमबार, दिउँसो ४:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यू भएको छ ।
सिरहाको नरहा गाउँपालिका ५ स्थित सोमबार बिहान साढे ५ बजे ना ४ ख ९२४१ नम्बरको बसले लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका ३ रमौलका २९ वर्षीय अमन मण्डल र मखनाहाका ४५ वर्षीय शैलेन्द्रकुमार मण्डलको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
अमनको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो भने शैलेन्द्रको लहानको रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचारकै क्रममा बिहान ७ बजे मृत्यु भएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
यता, ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको छ भने बसका चालक फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…