अपाँगता परिचयपत्र पाएपछि जनप्रतिनीधि र कर्मचारीलाई प्रशँसा
नगरपालिकाको कार्यालयले अपाँगता परिचय पत्र वितरणको लागि एक साता अघि देखि नै व्यापक प्रचार प्रसार गरेको थियो ।

२०७६ माघ २५ शनिबार, राति ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगरमा सम्पन्न अपाँगता परिचयपत्र शिबिरबाट फरक क्षमताका व्यक्ति (अपाँग) हरु लाभान्वित भएको छ ।
माघ २४ र २५ गते सँचालन भएको दुई दिने अपाँता परिचय पत्र शिविरको क्रममा २ सय २८ जनाले सेवा लिएको हो । शहिदनगर नगरपालिकाभित्र रहेका फरक क्षमताका व्यक्ति अर्थात शारिरिक अपाँगता भएका व्यक्तिहरुले स्थानीय स्तरमै सेवा पाएर परिचय पत्र बनाएका हुन् ।
अपाँगता परिचयपत्र वितरणको लागि स्थानीय सरकारलाई नै अधिकार प्रत्यायोजन गरेपछि शहिदनगर सरकारले उनीहरुको लागि स्थानीय स्तरमै व्यवस्था मिलाईदिएपछि खुसी भएर घर फर्केका छन् । नगरपालिकाको कार्यालयले अपाँगता परिचय पत्र वितरणको लागि एक साता अघि देखि नै व्यापक प्रचार प्रसार गरेको थियो ।
अपाँगता परिचयपत्रको लागि विभिन्न कागजातहरु मिलाउने र झन्झटका कारण समेत पाउन नसकेका उनीहरुले नगरपालिकामै सम्पूर्ण सुविधा सहित परिचय पत्र पाएपछि उनीहरुले नगरपालिकाका मेयर उदय कुमार बरबरिया र प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा सहित कर्मचारी टिमलाई प्रशँसा गरेको हो ।
यसअघि वडा कार्यालयमा गएर सिफारित र त्यसपछि नगरपालिका धाउनुपर्ने अवस्थालाई हटाएर शहिदनगरले एकै ठाउँमा २ दिने शिविर सँचालन गरी एकमुष्ट रुपमा फरक क्षमताका व्यक्तिहरुलाई परिचय पत्र प्रदान गरेको हो । कैयौ महिनादेखि परिचय बनाउने सोंचमा भएपनि शारिरिक असक्तताका कारण सम्बन्धित निकायमा पुग्न नसकेका उनीहरुलाई नगरपालिकाले घरबाट पनि ल्याएर परिचय पत्र दिएपछि उनीहरु खुसी भएका छन् ।
आज (शनिबार) अन्तिम दिन परिचय पत्र वितरण कार्यक्रमको क्रममा परिचय पत्र प्राप्त गरेपछि उनीहरुले नगरपालिकाका कर्मचारी सहित सहयोगी टोलीलाई धन्यवाद समेत ज्ञापन गरेका थिए । नगरपालिकाले त्यही फोटोकापी, अन्य कागजात, मेडिकल सहितको सुविधा मिलाएर उनीहरुलाई सहजता प्रदान गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…