'मुख्यमन्त्री ज्यूको भाव त्यस्तो थिएन, विवादित नबनाऔं' : अभियन्ता काजल कर्ण
उहाँले सीताको प्रतिमा निर्माणको लागि जेजति खर्च लाग्ने त्यो प्रदेश सरकारले दिने प्रतिवद्धता जाहेर गरिसक्नुभएको छ ।

२०७६ माघ २५ शनिबार, बिहान ९:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । माता सीताको १ सय ५१ फिटको योद्धारुपी मूर्ति निर्माण गर्न अमेरिकाबाट जनकपुर आएकी जनकपुरकै छोरी काजल कर्णले मुख्यमन्त्रीको वक्तत्वलाई विवादित नबनाउन आग्रह गर्नुभएको छ ।
जनकपुरको बाह्रविघामा माता सीताको योद्धारुपी विशाल प्रतीमा बनाउने अवधारणा सहित मुख्यमन्त्री कार्यालय पुग्नुभएकी अभियन्ता कर्णले सो अवधारणा बारे मुख्यमन्त्रीले पनि सीताको मूर्ति निर्माणको लागि प्रदेश सरकार सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
सोही क्रममा अभियन्ता काजल कर्णले मैथिली डिभा (Maithili Diva - USA) नामक पेजबाट लाईभ गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतको समेत धारणा लाईभ गर्नुभएको थियो । सो क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ की छोरीहरुलाई पनि योद्धा बनाउने अभियान थालेको बताउनुभएको थियो ।
उहाँले सीताझैं योद्धा प्रदेशकी बेटीहरुलाई बनाउने भाव सन्दर्भमा सशक्त बनाउने भनेपछि त्यसलाई समाजिक सञ्जाल र केही मिडियाहरुले विवादित बनाएको भन्दै आपत्ति समेत जनाउनुभएको छ ।
सोही सन्दर्भमा सीताकी विश्वकै विशाल मूर्ति जनकपुरको बाह्र विघामा बनाउने अवधारणा सहित जनकपुर आएकी अभियन्ता काजल कर्णले त्यसलाई विवादित नबनाउन आग्रह गर्नुभएको छ ।
शनिबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै अभियन्ता कर्णले–“मुख्यमन्त्री ज्यूको भाव छोरामाथि एसिड छर्कने थिएनन, उहाँले मात्र उदाहरणीक भावमा भन्नुभयो, उहाँको भाव छोरी अब कमजोर रहने छैन, प्रदेशकी छोरी विवस रहने छैन, अपराध सहेर बस्ने अवस्था रहने छैन, यतिको सशक्त बनाउछौं की उसले आफ्नो बचाउ गर्न सकोस् । छोरी उपर कुनै अपराध हुँदा उसले मुहतोड जवाफ दिन सकोस् । जो रिपिट गरी फाईट ब्याक गर्न सकोस् । आफ्नो सुरक्षा आफै गर्न सक्छिन् । छोरीले आफू कसरी बच्ने भनेर सिकाउने भावमा बोल्नुभयो । अर्थो केही छैन ।”
जनकपुरको बाह्रविघा रँगभूमि मैदानमा माता सीताको योद्धारुपी अर्थात ७ वर्षकै उमेरमा एकै हातले शिवधनुष उठाएकी १ सय ५१ फिटको विशाल प्रतीमा निर्माण गर्ने भनेपछि मुख्यमन्त्री राउतले हरि झण्डी देखाउनुभएको छ । उहाँले सीताको प्रतिमा निर्माणको लागि जेजति खर्च लाग्ने त्यो प्रदेश सरकारले दिने प्रतिवद्धता जाहेर गरिसक्नुभएको छ ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारको तर्फबाट सीताको मूर्ति बन्ने प्रतिवद्धता जाहेर गरेपछि चौतर्फी प्रशंसा भएको छ । यसका साथै अभियानी काजल कर्णको पनि चौतर्फी प्रसंशा भएको छ ।
अमेरिकाबाट आएर जनकपुमा सीताको प्रतिमा बनाउने धारणा नै विशाल रहेको भन्दै जानकी मन्दिरका महन्थ, मुख्यमन्त्री राउत सहित प्रदेश सरकार र प्रदेशका सर्वसाधारणहरुले खुलेर प्रशँसा गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…