राज्यको सेवासुविधाबाट अब कोही बञ्चित हुँदैन : मेयर बरबरिया
झाका अनुसार, अपाँगता भएका व्यक्तिहरुको लागि उनीहरुकै अनुकुलमा शिविर व्यवस्थापन गरिएको हो ।

२०७६ माघ २४ शुक्रबार, राति ८:२६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले समावेशी विकासको लागि फरक क्षमताका व्यक्तिहरुलाई राज्यको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ ।
शुक्रबारदेखि शहिदनगर नगरपालिका कार्यालयको आयोजनामा सँचालन भएको दुई दिने अपाँगता परिचय पत्र वितरण शिविरको क्रममा उहाँले शहिदनगरको हरेक जनता आफ्नो लागि जनार्दन भएको बताउँदै उहाँले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले अपाँगता परिचय पत्रको लागि स्थानीय स्तरमै व्यवस्था मिलाएको बताउनुभयो ।
अपाँगता भएका (फरक क्षमता) का व्यक्तिहरुलाई नगरपालिकासम्म आउनको लागि व्यवस्था सहित शिविरमा निःशूल्क रगत जाँच, फोटोकापी सहित अन्य कागजातहरु त्यतिबेला नै बनाउने गरी व्यवस्थापन मिलाएको बताउनुभयो ।
.jpg)
सोही क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले अपाँगताको परिचय पत्र बनाउने अधिकार प्रत्यायोजन स्थानीय तहमै दिएपछि शहिदनगरले आम नागरिकको तथा फरक क्षमता भएका व्यक्तिहरुको लागि सहजता प्रदान गरेको बताउनुभयो ।
झाका अनुसार, अपाँगता भएका व्यक्तिहरुको लागि उनीहरुकै अनुकुलमा शिविर व्यवस्थापन गरिएको हो । शुक्रबार र शनिबार गरी भोली सम्म शिविर सँचालन गरिने छ । यसअघि शिविरको लागि नगरपालिकाले ९ वटै वडामा माईकिँग सहित शिविरमा सहभागी हुन सम्बन्धित व्यक्तिलाई अनुरोध गरेको थियो । पत्रपत्रिका, अनलाईन, रेडियो, समाजिक सञ्जाल मार्फत प्रचार प्रसार र सूचना मार्फत सबैमा जानकारी गराएको थियो ।
शुक्रबार ९५ जनाले परिचय पत्र प्राप्त गरेको हो । यसका साथै, शनिबार पनि दिनभरि शिविर सँचालन हुने तथा त्यसमा छुट भएपछि अर्को व्यवस्था मिलाएर परिचय पत्र प्रदान गरिने अधिकृत झाले प्रतिवद्धता जनाउनुभयो ।
.jpg)
शिविर उदघाटनको क्रममा नगरपालिकाका कर्मचारीमा लेखा अधिकृत लोक बहादुर नेपाली, कम्युटर अपरेटर विष्णुदेव यादव, आईटी शाखाका रामदेव यादव, पोषण शाखाका रुपेश विराजी, जिन्सी शाखाका सुदिप भट्टराई सहितका कर्मचारीहरुले शिविर व्यवस्थापनमा सक्रिय भुमिका निर्वाह गरेको थियो ।
आज मिती २०७६।१०।२४ गतेका दिन यस शहिदनगर नगरपालिकामा आपाङ्ग परिचय पत्र वितरण भईरहेको हुँदा यस शहिदनगर नगरपालिकाका सम्पुर्ण सेवा ग्राहिलाई सेवा लिनको लागि यस नगरपालिकाका नगर प्रमुख श्री उदय कुमार बरबरीया यादव,नगर उप प्रमुख श्री मती शिला देवि कापर,प्रमुख प्रशासकिय अधिकृत नन्द कुमार झा तथा शहिदनगर नगरपालिकाका सम्पुर्ण परिवार ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…