मधेशको प्रसिद्ध मन्दिर छिनमस्तामा ६ करोड बढी लगानीमा सौन्दर्यीकरण हुने
६ करोड ३० लाखको लागतमा १५ महिना भित्र मन्दिर परिसर स्थित पोखरीको सौन्दर्यीकरण

२०७६ माघ २२ बुधबार, बेलुकी ६:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गतस सप्तरीको छिन्नमस्ता भगवति मन्दिर सौन्दर्यीकरण योजनाको आज एक कार्यक्रमबीच शिलान्यास सम्पन्न भएको छ ।
पूर्व उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गर्नु भएको हो ।
६ करोड ३० लाखको लागतमा १५ महिना भित्र मन्दिर परिसर स्थित पोखरीको सौन्दर्यीकरण, धर्मशाला , शौचालयको निर्माण तथा विजुली वत्तीको व्यवस्था गरिने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सिनियर डिभिजनल इन्जिनियर भगवाल झाले बताउनु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…