व्यापारी साह रिहा, जनकपुरमा जश्न
साहको रिहाईको लागि राजपा सहित अन्य युवाहरुले जनकपुरको विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो ।

२०७६ माघ २१ मंगलबार, दिउँसो २:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । किटानी जाहेरीको आधारमा पक्राउ परेका जनकपुरका व्यापारी धर्मेन्द्र साह रिहा भएको छ ।
उनलाई २ दिन प्रहरी कस्टडीमा राखेर आज (मँगलबार) दिउँसो रिहा गरेको हो । आईतबार उनलाई किटानी जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको थियो । उनलाई २ दिनपछि आज साधारण तारेखमा रिहा गरेको हो ।
गत पुस २२ गते भएको घटनामा व्यापारी साह उपर समेत किटानी जाहेरी परेको थियो । साह उपर नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको जाहेरीले उनलाई पक्राउ गरिएको थियो । यसै घटनामा ३ जना अझै फरार रहेको छ ।
साहको रिहाईको लागि राजपा सहित अन्य युवाहरुले जनकपुरको विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो । उनीहरु उनको रिहाईको माग गर्दै चक्काजाम समेत गरेको थियो । साहको रिहाईसँगै युवाहरुले उनको रिहाईको जश्न मनाएका छन् ।
रिहा भएलगत्तै प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै व्यापारी साहले निर्दोषलाई कसैल फँसाउन नसक्ने प्रतिक्रिया दिनुभएको छ ।
अनाहकमा आफूलाई फँसाएको भन्दै न्यायलय उपर अहिले पनि विश्वास रहेको बताउनुभयो । उहाँले अब जनकपुरमा कोही पनि युवा अनाहकमा नफँसने बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…