साहलाई पक्राउ गर्नु स्वतन्त्रता हकको अपहरण : युथ एक्सन फोर्स
अध्यक्षम मिश्रले पक्राउ परेका धर्मेन्द्र साह तथा फरार रहेका उपेन्द्र साह, अरुण साह र बज्रकिशोर सिँह उपर किटानी जाहेरी दिनुभएको छ ।

२०७६ माघ २० सोमबार, दिउँसो ४:१६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवाहरुको सँस्था युथ एक्सन फोर्सले व्यापारी धर्मेन्द्र साह पक्राउलाई नागरिक स्वतन्त्रता हक अपहरणको सँज्ञा दिएको छ ।
पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले दिएको किटानी जाहेरीको आधारमा जनकपुरका व्यावासायी धर्मेन्द्र साहलाई आईतबारदेखि हिरासतमा राखेपछि युथ एक्नस फोर्सले एक प्रेस विज्ञप्ति जारी गर्दै त्यसलाई आपत्ति प्रकट गरेको छ ।
“कुनै पनि व्यक्तिको सम्बन्धमा कुनै उजुरी नै परेको भए पहिले सत्य तथ्य बुझि व्यक्ति पक्राउ नगरी नहुने अवस्था भएमा मात्र थुनामा राखी अनुसन्धान गर्नु पर्ने कानुनी व्यवस्थाको प्रतिकुल झुठा व्यहोराको उजुरीको आधारमा कुनै प्रकारबाट संग्लनता र सरोकार नरहेको व्यक्तिलाई प्रहरी हिरासतमा राखेको कार्यबाट संबिधान प्रदत्त स्वन्त्रताको हक अपहरण भएको ठहर गर्दै सो कार्य गर्न र गराउने दुवै कार्य निन्दनिय भएको हुँदा पक्राउ गरिएको व्यक्ति धर्मेन्द्र साहलाई अविलिम्ब हिरासत मुक्ता गर्न जोडदार अपिल गर्दछौ।”– फोर्सका अध्यक्ष प्रशान्त झाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जनकपुरधाम उपमहानगर पालिकाका मेयर लालकिशोर साहको कर्यकक्ष गत पुस २२ गते भएको स्थानिय पत्रकार र कर्मचारी समेतको बिचमा भएको विवाद आफैमा लजास्पद तथा सर्मनायिक रहेको उल्लेख विज्ञप्तिमा गरिएको छ ।
सोही घटनामा कुनै सरोकार र उपस्थिति पनि नरहेको व्यक्ति तथा सामाजिक अभियन्ता साहलाई स्थानिय प्रहरीले पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण गर्दै सो पक्राउलाई गैरकानुनी भएको भन्दै निन्दा गरेको हो ।
प्रेस विज्ञप्तिमा- “हरेक व्यक्तिलाई निजको जीवन, स्वतन्त्रा र सुरक्षाको अधिकार छ। कसैलाई पनि निर्दयी तथा अमानवीय व्यवहार गर्नु हुदैन। कानुनको अगाडी व्यक्तिको रुपमा उभिने अधिकार जहाँसुकै प्राप्त हुनेछ। स्वेच्छचारी तवरले कसैलाई पनि पक्रन र थुनामा राख्न हुदैन।” भनेर उल्लेख गरिएको छ ।
International Covenant as Civil and Political Rights (ICCPR) को धारा ९ ले व्यक्तिको स्वतन्त्रा र सुरक्षाको प्रत्याभूति गरेको जनाउँदै कसैलाई पनि जथाभावी पक्रन तथा थुनामा राख्न नपाइने, पक्राउ परेकोमा त्यसको यथासम्भव छिटो कारण सहितको सुचना दिनु पर्ने कानुन भएपनि त्यस्तो नगरेको भन्दै त्यस उपर आपत्ति जनाएको छ ।
मिश्रका अनुसार, पुस २२ गतेको घटनामा साह पनि सँलग्न थिए । सोही आधारमा उनको नाममा पनि किटानी जाहेरी दिइएको थियो ।
“नेपालको संबिधान २०७२ को धारा २० ले फौजदारी न्याय सम्बन्धी हकलाई मौलिक हककै रुपमा संविधानले प्रत्याभूत गरेको छ। फौजदारी न्यायले हरेक व्यक्ति, जीउ, धन, स्वतन्त्रता र अधिकारको संरक्षणको (Personal Liberty and Social Safety) को ग्यारेन्टी गर्नु पर्छ। समाजको शान्ति र सुरक्षाको मुख्य आधारशील नै स्वच्छ, निस्पक्ष र प्रभावकारी फौजदारी न्याय प्रशासन हो ।” प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गत पुस २२ गते जनकपुरका मेयर साहकै कार्यकक्षमा पत्रकारहरु उपर कुटपिट गर्दै क्यामेरा लगायतका समानहरु खोसीएको थियो । सोही क्रममा मेयर साहकै ईसारामा केही महिला कर्मचारीहरुलाई समेत ढाल बनाएको आरोप पत्रकारहरुले लगाएको छ ।
महिलाहरुलाई बेतुका र झुठा रुपमा अस्पताल भर्ना गराउँदै पत्रकारहरुले कुटपिट गरेको भनेर भ्रम फैलाउँदै पत्रकारहरुलाई नै अपराधी भनेर सम्बोधन गरेपछि अभिभावकको हैसियतले महासंघ धनुषा शाखाका अध्यक्षम मिश्रले पक्राउ परेका धर्मेन्द्र साह तथा फरार रहेका उपेन्द्र साह, अरुण साह र बज्रकिशोर सिँह उपर किटानी जाहेरी दिनुभएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…