गरिबलाई समाजवादी युवा संघको न्यानो कम्बल
सानै उमेर देखि राजनीतिकमा लागेका राहुल पाण्डे पार्टी र जनताप्रति बफादार रही काम गर्दै आएका छन् ।

२०७६ माघ १५ बुधबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चिसोलाई मध्यनजर गर्दै समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी युवा संघद्वारा गरिब तथा विपन्नलाई कम्बल वितरण गरेको छ ।
बुधबार (आज) एक कार्यक्रमको आयोजना गरी महोत्तरीको पिपरा गाउँपालिका वडा नं. १ मा कम्वल वितरण गरेको हो । समाजवादी युवा संघ महोत्तरी जिल्ला अध्यक्ष राहुल पाण्डेको नेतृत्वमा वडा नं. १ को खैरवा, इकरैया, गमहरीया र ढेकवा गरी ४ सय गरिब विपन्न परिवारलाई कम्वल वितरण गरिएको जनाइएको छ ।
समाजवादी युवा संघले विभिन्न जिल्लामा विभिन्न कार्यक्रम गरी जनताहरुलाई सहयोग गर्दै आइरहेको जनाइएको छ । तराईका जिल्लाहरुमा चिसो बढ्दै गएकोले गरिब विपन्न परिवारहरुलाई मध्ये नजर राख्दै समाजवादी युवा संघले कम्वल वितरण गरेका हुन ।
कम्बल वितरण गर्दै अध्यक्ष पाण्डेले देश र जनताप्रति सधै समाजवादी युवासंघ समपृत रहने र गरिब विपन्न परिवारलाई समाजवादी युवासंघले हरेक ठाउँमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसअघि नेपाली कांग्रेसमा हुँदा पनि पाण्डेले गरेका योगदानहरु अहिले पनि जिवीतै रहेका बताईएको छ ।
सानै उमेर देखि राजनीतिकमा लागेका राहुल पाण्डे पार्टी र जनताप्रति बफादार रही काम गर्दै आएका छन् । अध्यक्ष पाण्डे मधेशमा लोकप्रियता नेताका रुपमा चिनिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…