मिर्चैया : मुसहर बस्तीमा कामना सेवा विकास बैंकको न्यानो कम्बल
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकास्थित एक मुसहर बस्तीमा कामना सेवा विकास बैंकले कम्बल वितरण गरेको छ । न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका मिर्चैया नगरपालिका वडा नम्बर ७ स्थित तात्रीबारी पैनघटा (मुलाबारी) का ५० मुसहर परिवारलाई बैंकले कम्बल वितरण गरेको हो । कामना सेवा विकास बै

२०७६ माघ ११ शनिबार, दिउँसो १:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकास्थित एक मुसहर बस्तीमा कामना सेवा विकास बैंकले कम्बल वितरण गरेको छ ।
न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका मिर्चैया नगरपालिका वडा नम्बर ७ स्थित तात्रीबारी पैनघटा (मुलाबारी) का ५० मुसहर परिवारलाई बैंकले कम्बल वितरण गरेको हो । कामना सेवा विकास बैंक प्रदेश २ का प्रमुख राकेश सिंह र मिर्चैया शाखाका प्रमुख चन्द्रदेव पालले संयुक्त रुपमा न्यानो कम्बल हस्तान्तरण गरेका हुन् ।

विपन्न वर्गका मुसहर समुदायको बाहुल्यता रहेको त्यस बस्तीमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्बल बाँडेको मिर्चैया शाखाका प्रमुख पालले जानकारी दिए । मुसहर समुदायले कठ्यांग्रिदो जाडोमा आर्थिक विपन्नताले कष्टकर जीवनयापन गरिरहेका बेला बैंकले न्यानो प्रदान गरेको हो ।
जाडोमा जसोतसो दिन काटिरहेका मुसहर समुदायले न्यानो कम्बल पाएपछि खुशी हुँदै बैंकप्रति आभार प्रकट गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…