डा. सिके राउत आज जनकपुरबाट गर्जने !
आज विशाल आम सभामा पनि मोटो सँख्यामा जनसहभागीता हुने विश्वास लिइएको छ ।

२०७६ माघ ११ शनिबार, बिहान ९:५९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत आज जनकपुरबाट गर्जने भएको छ ।
आज (शनिबार) जनकपुरको बाह्रविघा मैदानमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने भएपछि तराई मधेशका विभिन्न जिल्लाहरुबाट भारी सँख्यामा जनसहभागीता हुने जनाइएको छ ।
पार्टीका धनुषा इन्चार्ज इन्द्रजित यादवका अनुसार आम सभाको लागि सम्पूर्ण तयारी पूरा भईसकेको छ । जनकपुरको रंगभूमि मैदानबाट डा. राउतले सम्बोधन गर्ने भएपछि सुरक्षा कवच पनि तयार पारिएको छ । आज दिउसो १ः०० बजेदेखि डा. राउतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कुनै बेला अलगै मधेश देशको माग गर्दै आएका डा. राउत नेपालको मूलधारको राजनीति मार्फत नै मधेशलाई बन्दीबाट स्वतन्त्र गराउने बताउँदै आउनुभएको छ ।
उनको स–साना कार्यक्रममा हजारौंको सँख्यामा आम सर्वसाधारण ओर्लिने गरेकोमा आज विशाल आम सभामा पनि मोटो सँख्यामा जनसहभागीता हुने विश्वास लिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…