सिरहामा आगोमा जलेर एक किशोरीको मृत्यु !
न्यूज ब्यूरो, सिरहा । सिरहामा आगोमा जलेर एक किशोरीको मृत्यु भएको छ । सिरहाको कर्र्जन्हा नगरपालिका ४ बस्तीपुरमा बिहीबार राति एक घरमा आगलागी भएको हो । आगलागीमा परेर १५ वर्षीया सलोनी नायक (चुन्चुन) को मृत्यु भएको छ । घरको दोश्रो तल्लाको कोठामा सुतिरहेकी सलोनीको करिब १२ बजेतिर अचानक भएको आगलागीमा परेर ज

२०७६ माघ १० शुक्रबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा आगोमा जलेर एक किशोरीको मृत्यु भएको छ ।
सिरहाको कर्र्जन्हा नगरपालिका ४ बस्तीपुरमा बिहीबार राति एक घरमा आगलागी भएको हो । आगलागीमा परेर १५ वर्षीया सलोनी नायक (चुन्चुन) को मृत्यु भएको छ ।
घरको दोश्रो तल्लाको कोठामा सुतिरहेकी सलोनीको करिब १२ बजेतिर अचानक भएको आगलागीमा परेर ज्यान गएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जयसवारले बताए । आगलागीमा परेर सलोनीकी आमा आशा नायक घाइते भएकी छिन् ।
बिजुलीको मिटरमा सर्ट भएर आगलागी भएको देखिएको डिएसपी जयसवारले जनाए । 'बिजुलीको मिटरबाट आगलागी भएको देखिन्छ, तर यो अनुसन्धानको विषय हो, दुःखद घटना भएको छ, हामी यसमाथि अनुसन्धान गर्दैछौं', उनले भने ।
मृतकको शव लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…