प्रदेश २ : मतदान सम्पन्न, महिला तर्फको मतगणना सुरु
प्रदेश २ मा राष्ट्रिय सभाको चार सदस्यका लागि सम्पन्न भएको निर्वाचनमा ८ जनाले उम्मेदवारी दिएका छन्।

२०७६ माघ ९ बिहीबार, दिउँसो ४:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को राष्ट्रिय सभाको लागि आज भएको मतदान सम्पन्न भएको छ ।
करिब ३ः३० बजेसम्म शतप्रतिशत मतदान भईसकेको थियो । त्यसको केही बेरमै करिब ४ बजेर २० मिनेटदेखि मतगणा सुरु भएको हो । महिलाको लागि भएको मतदानको गन्ती सुरु भएको हो । प्रदेश नं. २ बाट कुल ३ सय ७९ मतदाता रहेकोमा १०० प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजु कुमार खतिवडाले जानकारी दिनुभयो ।
आज (विहिबार) जनकपुरको महेन्द्रनारायण निधी अडिटोरियम भवनमा सम्पन्न भएको मतदानमा महिला एक पदको भएको निर्वाचनमा नेकपाको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली कांग्रेसको तर्फबाट नगिना यादव उम्मेदवारी दिनुभएको हो ।
मतगणनाको मत परिणाम केही घण्टामै सार्वजनिक समेत हुने भएको छ । बेलुकासम्म सबै मतगणना भईसक्ने जनाइएको छ । अहिले मतगणना बाहिर प्रदेशभरिका साँसद र गाउँपालिका, नगरपालिकाका जनप्रतिनीधिहरु उभिएका छन् ।
प्रदेश २ मा राष्ट्रिय सभाको चार सदस्यका लागि सम्पन्न भएको निर्वाचनमा ८ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचनमा नेकपासँग राजपा र कांग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरी उम्मेदवारी दिएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…