सहमतिको लागि पत्रकारले सिडिओ र एसपी गुहार्ने होईन : पत्रकार कापडी
अमानवीय व्यवहार गरेको भन्दै मेयर साह उपर किटानी जाहेरी दिने निर्णय समेत गरिएको हो ।

२०७६ माघ ८ बुधबार, बेलुकी ७:४३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पत्रकार एवम् साहित्यकार परमेश्वर कापडीले गत पुस २२ गते भएको पत्रकार र जनकपुरका मेयरबीचको घटना सम्बन्धमा भएको ९ बुंदे सहमतिको लागि पत्रकारले सिडिओ र एसपीलाई गुहार्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पत्रकारहरु उपर गराएको कुटपिट घटना सम्बन्धमा सहमतिको लागि गरिएको ९ बुंदे सहमति प्रशासनको रोहबरमा भएपनि अझ कार्यन्वयन हुन नसकेपछि कापडीले राष्ट्रियको चौथौ अंग रहेको पत्रकारले दोषीलाई कारवाही गर्न नसक्ने प्रशासनलाई गुहार्नुपर्ने कुनै आवश्यकता नरहेको बताउनुभयो ।
बुधबार विहान नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा पत्रकारहरुको आगामी कार्ययोजना तथा निर्णय गर्नको लागि बसेको बैठकमा बोल्दै उहाँले सरकारको तीनै तहलाई समेत निगरानी गरी सचेत गराउने मिडिया र पत्रकारले आफ्नो समस्याको लागि सिडिओ र प्रहरीको एसपी गुहार्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
“पत्रकार देशको चौथौ अंग हो, पत्रकार नै कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता मुख्य तीन तहलाई निगरानी र सचेत गराउने क्षमता निहित गरेको छ । पत्रकारले आफ्नो समस्यालाई सिडिओ र एसपीलाई सम्बोधन गरी न्यायको लागि सहमति गराएपनि अहिलेसम्म सम्झौता कार्यन्वयन नहुनु भनेको पत्रकारहरुले नै सचेत हुनु जरुरी छ । यस्तो सहमतिको लागि सिडिओ र एसपीलाई खुसामद गर्नुभन्दा समान्य व्यक्तिहरु पनि बसेर सम्झौता गर्न सकिन्छ भने हामीले किन गुहार्ने ?”– उहाँले भन्नुभयो ।
सोही क्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जनकपुरका मेयर लालकिशोर साह उपर अमानवीय व्यवहारको मुद्दा सहित किटानी जाहेरी दिने तयारी गरेको बताउनुभएको छ । पत्रकारहरुसँग मेयर साहकै कार्यकक्षमा उनका बाउन्सरहरुले कुटपिट तथा अमानवीय व्यवहार गरेको भन्दै मेयर साह उपर किटानी जाहेरी दिने निर्णय समेत गरिएको हो ।
बैठकमा धनुषाका पत्रकारहरुको एकमत र एकरुपता नभएको भन्दै वक्ताहरुले प्रश्न चिन्ह उठाएका थिए । केही पत्रकारहरुको कारण सिँगो पत्रकारिता पेशा र महासंघ उपर आरोप प्रत्यारोप लागेको बताउँदै शुद्धिकरणको माग समेत उठाइएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…