रेशम चौधरीको रिहाइको मागसहित आन्दोलन घोषणा
न्यूज ब्यूरो, जनकपुरधाम । टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका राजपा सांसद रेशम चौधरी सहितका नेताहरुलाई रिहाई माग गर्दै आन्दोलन घोषणा गरिएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै मागहरुलाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । मोर्च

२०७६ माघ ८ बुधबार, बेलुकी ६:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका राजपा सांसद रेशम चौधरी सहितका नेताहरुलाई रिहाई माग गर्दै आन्दोलन घोषणा गरिएको छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै मागहरुलाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । मोर्चाले टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्नका लागि तत्कालिन नेपाल सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्धारा अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलिय संसदीय समितिको प्रतिवेदनहरू तुरुन्त सार्वजनिक गर्न पनि माग गरेको छ ।
‘हामीले उठाउँदै आएका जायज एवम् न्यायपूर्ण माग, मुद्दा एवम् विशुद्ध संविधानको अन्तरवस्तुसँग रहेका अधिकारका १३ बुँदे मुख्य राजनीतिक मागहरू अहिलेसम्म सरकारले सम्बोधन गरेको छैन । न त थरुहट आन्दोलनकर्मीहरूसँग नेपाल सरकारले २०६५ चैत्र १ गते भएको ६ बँुदे र २०६९ जेठ १० गते भएको १० बुँदे सहमति सम्झौतालाई कार्यान्वयन गरेको अवस्था छ । अधिकारका लागि शान्तिपूर्ण संघर्षमा होमिएका निहत्था, निअपराध थरुहट नेता एवं जनप्रतिनिधि मा.रेशमलाल चौधरीसहित थरुहट आन्दोलनकर्मीहरूलाई सुनियोजित रुपमा विभिन्न अभियोगमा झुठा मुद्दा लगाई जेलमा कोचिएको छ’, मोर्चाले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मोर्चाले बुधबार पत्रकार सम्मेलनमार्फत घोषणा गरेका संघर्षका कार्यक्रमहरुमा माघ १४ गते प्रधानमन्त्री लगायत सत्तापक्ष, प्रतिपक्ष, विभिन्न राजनीतिक दलका नेताहरुलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, माघ १५ गतेदेखि १५ दिन प्रचारप्रसार तथा फागुन ५ सम्म पनि आफ्ना माग सुनुवाइ नभए तीन दिने आमहड्ताल गर्ने मोर्चाका संयोजक लक्ष्मण थारुले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…