अन्ततः उमेश यादव रिहा भएर नेपाल आए
उमेशबारे समाचार पहिलो पटक न्यूज ब्यूरोले प्रकाशित गरेपछि यो मुद्दा राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत चर्चा पाएको थियो ।

२०७६ माघ ८ बुधबार, बिहान ११:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । साउदी अरबमा पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड सजाय पाएका धनुका उमेश यादव नेपाल फर्केका छन् ।
उमेश बुधबार विहानै नेपाल आइपुगेका हुन् । आम माफी पाएर स्वदेश फर्केका उमेशलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । उमेशलाई सन् २००६ मा सहकर्मी पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
उमेशलाई घाँटी काटेर २४ घण्टा झुण्डयाउने आदेश जुवेलका जेनर कोर्टले १५ अप्रिल २०१८ मा दिएको थियो । वैदेशिक रोजगारीको शिलशिलामा धनुषाको कमला नगरपालिका ३ का बासिन्दा ३९ वर्षीय उमेश सन् २००६ मै साउदी पुगेका थिए । गएको केहि समय पश्चात विवादकै क्रममा पाकीस्तानी नागरिकको मृत्यु भएपछि उमेशलाई त्यहाँका प्रहरीले हत्या आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अघि चलाएको थियो ।
उमेशलाई जुवेल जेनरल कोर्टको आदेशमा साउदीकै जुवेल जेलमा राखिएको थियो । उमेशलाई मृत्यु दण्डको सजाय भन्ने समाचार दुईवर्ष अघि समाचार सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति अघि बढेका थिए ।
अभियन्ता रायले परराष्ट्र मन्त्रालय, दुताबासको सहयोगमा मृतक पाकिस्तानीको घरमा समेत पुगेर उमेशको जीवनरक्षाको पहल गरेका थिए । मृतक परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता राय ब्लडमणि लगायत अदालती प्रक्रियामा अगाडी बढेका थिए ।
नेपालबाट बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका नेपालीहरुबाट चन्दा संकलन गरी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमणि दिएपछि मृतक परिवार माफीनामा दिएका थिए । यस प्रकरणमा साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिंह राजपुतले पनि निकै पहल गरे ।
उमेशलाई अन्ततः जुवेल कोर्टले आमा माफी दिँदै झण्डै १४ वर्षपछि रिहा गरेको हो । लामो समयदेखि जेली जीवन बिताउँदै आएका उमेशबारे समाचार पहिलो पटक न्यूज ब्यूरोले प्रकाशित गरेपछि यो मुद्दा राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत चर्चा पाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…