जनकपुरका मेयरलाई पत्रकारको कालोपट्टि
महिला कर्मचारीहरुलाई बलपूर्वक अस्पताल भर्ना गराउँदै ढाल बनाए पत्रकारहरुलाई फँसाउन प्रयोग (चम्चा) गरेको बताइएको छ ।

२०७६ माघ ७ मंगलबार, बिहान ९:०६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यकक्षमा पत्रकारहरु उपर भएको दुरव्यवहारको विरोध गर्दै जनकपुरका पत्रकारहरुले आज हातमा कालो पट्टि बाँधेर समाचार संकलन गर्ने भएको छ ।
गत पुस २२ गते मेयर साहको कार्यकक्षमा मेयर साहकै ईसारामा उनका समर्थकहरुले पत्रकारहरु उपर कुटपिट तथा दुरव्यवहार गरेको विरोधमा पत्रकारहरुले कालोपट्टि बाँधेर रिर्पोटिंग गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ धनुषाले गठन गरेको संघर्ष समितिका सँयोजक किरण कर्णद्धारा जारी गरिएको एक प्रेस विज्ञप्तिमा घटनाको करिब दुई साता बित्न लाग्दा समेत कानुन अनुसार कारवाही गर्न रोकारवालाले अग्रसरता नदेखाएकाले नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाकक्षमा संघर्ष समितिको वैठक बसी तपसिल अनुसार पहिलो चरणको संघर्षका कार्यक्रमहरु गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।
राज्यको चौथो अंग मानिएको पत्रकारिता जगतमाथि खुलेआम योजनावद्ध तवरले दुई –दुई पटक कुटपीट तथा दुर्व्यवहार गरिनु लोकतन्त्र, मानवअधिकार र नेपालको कानूनलाई समेत खिल्ली उडाएको भन्दै विरोध स्वरुप हातमा कालोपट्टि बाँधेर काम गर्ने जनाइएको छ । पत्रकारहरुले आज (मँगलबार) देखि आगामी १८ गते अर्थात १२ दिनसम्म कालोपट्टि बाँध्ने निर्णय गरेको हो ।
पत्रकारहरुसंग छलफल कार्यक्रममा पूर्व अध्यक्षहरु, वरिष्ठ पत्रकारहरु, जिल्ला शाखाका पदाधिकारीहरु, प्रादेशिक तथा केन्द्रिय पार्षदहरु, पूर्व पार्षदहरु र रिपोर्टर लगायतका व्यक्तिहरुको उपस्थितिमा भोली बुधबार ( माघ ८ गते) विहान ८ बजे छलफल कार्यक्रम गर्ने, राष्ट्रिय मानवअधिकार आयोग प्रादेशिक कार्यालय र सरोकारवालाहरुसँग माघ ११ गते, राजनीतिक दलसँग १३ गते र १७ गते कानून व्यबसायीहरुसँग तथा नागरिक समाज, युवा क्लब र विभिन्न संघ संगठनसँग १८ गते छलफल गर्ने सर्वसम्मतिले निर्णय गरिएको हो ।
यसका साथै माघ ७ गतेदेखि १८ गतेसम्म रिपोटिंगको क्रममा हातमा कालोपट्टी बाँच्चेर कार्य गर्ने तथा नेपाल पत्रकार महासंघ केन्द्रिय समिति र राष्ट्रिय मानवअधिकार आयोग केन्द्रिय कार्यालयको टोलीलाई पत्राचार गर्ने निर्णय गरिएको हो ।
सोही क्रममा नेपाल पत्रकार महासंघका पत्रकार वीरेन्द्र रमणको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोगका लागि समन्वय तथा सहकार्य गर्ने निर्णय समेत गरिएको हो ।
मेयर साह र पत्रकार महासंघका केही पदाधिकारीहरुबीच भएको कुटपिटको घटनापछि मेयर साहले उपमहानगरपालिकामा काम गर्ने केही महिला कर्मचारीहरुलाई बलपूर्वक अस्पताल भर्ना गराउँदै ढाल बनाए पत्रकारहरुलाई फँसाउन प्रयोग (चम्चा) गरेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…