५५ वर्षीय पुर्वे ७ वर्षपछि ईलाका प्रशासनबाटै पक्राउ
खोजतलास गर्ने क्रममा यदुकाहाबाट पुर्वेलाई नियन्त्रणमा लिई थप कारबाहीका अदालतमा पठाउने बताउनुभयो ।

२०७६ माघ ६ सोमबार, बेलुकी ५:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्ला अदालतलको फैसलालाई अवज्ञा गरि ७ वर्ष देखि फरार रहेका व्यक्तिलाई ईलाका प्रहरी कार्यलय यदुकूहाले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सहिद नगरपालिका वडा नं ३ का शत्रुधन पुर्वे रहेको छ उनी ईलाका प्रशासन कार्यालय यदूकूहा नजिकै घुमफिर गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको यदुकूहाका प्रहरी इन्चार्ज दिपक बाबू केसीले जानकारी दिनुभएको छ ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै ईन्सपेक्टर केसीले उनी माथि परेका कुटपिट अंगभंग मुद्दामा अदालतले दोषी ठहर गर्दै २०७० साल माघ ४ गते दुई वर्षको कैद र २५ सय जरिवाना तिर्ने फैसला सुनाएका थिए तर अदालतमा हाजिर नभई लुकिछिपी बस्दै आएका थिए ।
खोजतलास गर्ने क्रममा यदुकाहाबाट पुर्वेलाई नियन्त्रणमा लिई थप कारबाहीका अदालतमा पठाउने बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…