आज मधेशको १३ औं बलिदानी दिवस, वीर शहिदहरुप्रति नमन
शहिदहरुको सम्झनामा मनाउँदै आएको बलिदानी दिवस गत वर्षदेखि प्रदेश सरकारले मनाउन थालेको हो ।

२०७६ माघ ५ आइतबार, बिहान ८:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वि.सं. २०६२/०६३ को मधेश आन्दोलनको क्रममा आफ्नो ज्यानको आहुति दिएका मधेशका वीर शहिदहरुको सम्झनामा आज १३ औं बलिदानी दिवस मनाइदैछ ।
मधेश सरकार (प्रदेश २ सरकार) को आयोजनामा प्रत्येक वर्ष सिरहाको लहानमा मनाउँदै आएको बलिदानी दिवस यसपाली भने वीरगँजमा मनाउने भएको छ । बलिदानी दिवसको अवसर पारेर मधेश सरकारले आज सार्वजनिक विदा समेत घोषणा गरेको हो ।
०६३ माघ ५ मा भएको मधेस आन्दोलनको क्रममा लहानमा पाँच जनाले ज्यान गुमाएको दिनको सम्झनामा मनाइँदै आएको बलिदानी दिवस यो पटक प्रदेश सरकारले वीरगँजमा मनाउने भएको हो ।
२०६३ माघ १ गतेदेखि लागू भएको अन्तरिम संविधानमा संघीयता र समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै शुरु भएको आन्दोलनमा माघ ५ गते लहानमा विद्यार्थी रमेश महतोको गोली लागेर मृत्यु आन्दोलन देशव्यापी भएको थियो । त्यो आन्दोलनमा क्रममा सिरहाका विभिन्न ठाउँका पाँच जनाले शहादत प्राप्त गरेका थिए भने तीन दर्जन भन्दा बढी घाइते भएका थिए ।
सोही शहादतको सम्झनामा २०६४ देखि नै प्रत्येक वर्ष माघ ५ गते मधेशको बलिदानी दिवस मनाउन थालेको हो । प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले माघ ५ गते (आज) बलिदानी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो । प्रदेश सरकारको आयोजनामा हुने उक्त कार्यक्रममा विभिन्न शीर्ष नेताहरुको सहभागिता रहने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा मधेश आन्दोलनका शहिद परिवार एवं घाइतेहरुलाई सम्मान समेत गरिने जनाइएको छ । २०६३ साल यता मधेश केन्द्रित दलहरुले शहिदहरुको सम्झनामा मनाउँदै आएको बलिदानी दिवस गत वर्षदेखि प्रदेश सरकारले मनाउन थालेको हो ।
प्रथम मधेश आन्दोलन २०६३ सालयता मनाइँदै आएको बलिदानी दिवस प्रदेश सरकार गठन भएपछि गत वर्ष माघ पाँच गते सिरहाको लहानमा विशेष समारोहको आयोजना गरेर मनाइएको थियो । गत वर्ष सिरहाको लहानमै मनाइएको बलिदानी दिवसको क्रममा प्रदेशका मुख्यमन्त्री मो. लालबाबू राउतले प्रत्येक अर्थात मधेशको ५८ शहिद परिवारलाई प्रदेश सरकारले रोजगारी दिने घोषणा गर्नुभएको थियो । हालससम्म सबै परिवारले पाउन सकेको छैनन् ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका वीर शहिदहरुको नामाबली यस प्रकार छन् :

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…