अपन मिथिला सेवा समाजको आयोजनामा सर्लाहीमा सिलाई कटाई तालिम सुरु
न्यूज ब्यूरो, सर्लाही । समाजिक संस्था अपन मिथिला सेवा समाजको आयोजनामा सर्लाहीको मलंगवा नगरपालिकामा सिलाई कटाई तालिम शुभारम्भ गरिएको छ । सामाजिक रुपान्तरणको अभियानमा सक्रिय अपन मिथिला सेवा समाजले मलंगवा नगरपालिकाको आठ वडामा एकैपटक तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको हो । तालिमको उद्घाटन वडा १ मा

२०७६ माघ ४ शनिबार, दिउँसो ३:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । समाजिक संस्था अपन मिथिला सेवा समाजको आयोजनामा सर्लाहीको मलंगवा नगरपालिकामा सिलाई कटाई तालिम शुभारम्भ गरिएको छ ।
सामाजिक रुपान्तरणको अभियानमा सक्रिय अपन मिथिला सेवा समाजले मलंगवा नगरपालिकाको आठ वडामा एकैपटक तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको हो । तालिमको उद्घाटन वडा १ मा वडाध्यक्ष राजकिशोर राय यादव, वडा २ मा वडाध्यक्ष रामउजैन राय, वडा ३ मा वडाध्यक्ष रामकैलाश साह, वडा ५ मा प्रमोद सहनी, वडा ६ मा तैयव मियाँ, वडा ७ मा प्रमोद कुमार यादव, वडा ८ मा ईश्वरी श्रेष्ठ, वडा १० मा मुकेश झाले गरेका छन् ।
समाजको स्तर उकास्न तथा आत्मनिर्मर बनाउन विभिन्न अभियान चलाइरहेका अपन मिथिला सेवा समाजले यहाँका महिलाहरुलाई तीन महिने सिलाई कटाई सम्बन्धि प्रशिक्षण दिनेछ । सञ्चालन गरिएको तालिममा आठै स्थानमा ३०–३० जना महिला सहभागी रहेको अमिसेसका अध्यक्ष मंसाराम यादवले जानकारी दिए ।
सिलाई कटाई सम्बन्धि सीपमूलक तालिमको माध्यमबाट स्वरोजगार सृजना हुने र आर्थिक रुपमा समाजलाई सशक्त बनाउने विश्वास संस्थाको छ । यस संस्थाले प्रदेश २ को विभिन्न पालिकाहरुमा निरन्तर रुपमा सिलाई कटाई तालिम चलाइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…