प्रदेश २ मा भोली (आईतबार) सार्वजनिक छुट्टी
भोली आईतबार माघ ५ गते एक दिने सार्वजनिक विदा दिने भएको छ ।

२०७६ माघ ४ शनिबार, दिउँसो ३:३१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नंं २ का सरकारले भोली आईतबार सार्वजनिक विदा (छुट्टी) को घोषणा गरेको छ ।
मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवस प्रदेश सरकार यस वर्ष पनि औपचारिक कार्यक्रमलाई मध्नजर गर्दै प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको हो । भोली आईतबार माघ ५ गते एक दिने सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश सरकारले विरगंजमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ ।

शहीद परिवारलाई सम्मान समेत गरिने उक्त कार्यक्रममा सहभागी हुन मधेश आन्दोलन प्रदेश नं. २का सम्पूर्ण शहीद परिवारलाई जानकारी गराइएको छ । प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसरपारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको थियो ।
तर प्रदेश सरकारको गठन पश्चात गत वर्ष देखी प्रदेश सरकारले उक्त दिवस मनाउन थालेका छन । गत वर्ष प्रदेश सरकारले सिरहाको लहानमै बलिदानी दिवस कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष विरगंजमा आयोजना गर्न लागेका हुन । मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोलाई उपेक्षा गर्दै प्रदेश सरकारले प्रत्येक वर्ष लहानमा मनाउँदै आएको बलिदानी दिवस यसपाली वीरगँजमा मनाउने भएपछि विरोध पनि भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…