जनकपुरः कलेजहरुको चर्को शूल्क विरुद्ध एक्सनमा नेविसंघ
आन्दनेलनको क्रममा हुने सम्पूर्ण घटनाहरुको उत्तरदायित्व स्वयं आफै हुने चेतावनी दिएको हो ।

२०७६ माघ ३ शुक्रबार, राति ८:२९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । विद्यार्थीहरुको पक्षमा सधैं वकालत गर्दै आएको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थीहरुबाट उठाइएको चर्को शूल्क विरुद्ध एक्सनमा आएका छन् ।
सिटिईभिटीको प्रदेश नं. २ को प्रदेश कार्यालय जनकपुरलाई बोधार्थ गर्दै जारी गरेको प्रेस विज्ञप्ति मार्फत चर्को शूल्क लिए वा फिर्ता नगरे आन्दोलनको चेतावनी समेत दिएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति धनुषाले जारी गरेको उक्त विज्ञप्तिमा प्रदेश नं. २ अन्तर्गत रहेको सिटिईभिटी सम्बन्धि कलेजहरुले मनोमानी रुपमा सिटिईभिटीले तोकेको भन्दा बढी रकम लिई विद्यार्थीलाई तनाव दिएको भन्दै आन्दोलनको चेतावनी दिँदै सचेत गराएको हो ।

विद्यार्थी तथा अभिभावकको डाढ सेक्ने गरी सिटिईभिटी अन्तर्गतका कलेजहरुले चर्को शूल्क उठाएको भन्दै तोकिएको रकम मात्र लिएर अध्ययन अध्ययापन गराउन ध्यानाकर्षण गराएको हो । संघले विज्ञप्ति मार्फत सिटिईभिटी अन्तर्गतको प्रदेश नं. २ को सम्पूर्ण कलेजहरु तथा शैक्ष्कि संस्थाहरुलाई बढी लिएको शुल्क फिर्ता हुनुपर्ने माँग समेत गरेको हो ।
नेविसंघ सि टि भि टि धनुषा जिल्ला अध्यक्ष अशाेक यादब, सचिव नविन यादव र नेविसंघ सिटिईभिटी प्रदेश नं. २ का सँयोजक ईन्द्रजीत कुमार गोईतको सँयुक्त हस्ताक्षरित विज्ञप्तिमा मागको सुनवाई एक साता भित्रमा नभए सम्वन्धित कलेजहरु तथा सिटिईभिटी प्रदेश कार्यालयमा आन्दनेलनको क्रममा हुने सम्पूर्ण घटनाहरुको उत्तरदायित्व स्वयं आफै हुने चेतावनी दिएको हो ।
विभिन्न आन्दोलनहरु साथै सामाजिक प्रेरणा राजनैतिक चेतना र आर्थिक सम्वृद्धिका पक्षमा महत्वपूर्ण कार्य गर्दै शैक्षिक गुणस्तर, विद्यार्थी हक अधिकारको लागि सधै तत्पर रहिरहने प्रतिवद्धता समेत जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…