'स्वतन्त्र अभियन्ता' को नाम भजाएर राजनीति गर्नेहरु
ती समुदायहरुको पनि अब अभियन्ताको शब्ददेखि घृणा गर्ने नौवत आएको देखिएको छ ।

२०७६ माघ २ बिहीबार, बिहान ८:५९ बजे३ मिनेट पढाइ

सम्पादकीय । यति बेला तराई मधेशमा आफू स्वतन्त्र अभियन्ता हो भनेर समाजसेवी र अभियन्ताकै खाल ओढेर भित्री राजनीति गर्नेहरुको कमी छैन । जस्तोसुकै अभियन्ता वा युवा अभियन्ता भनाउँदो रहेछन् विना स्वार्थको कोही पनि ग्राउण्डमा आएका छैनन् ।
मधेशको राजनीतिको पहिलो श्लोक र पहिलो बुंदाको रुपमा रअको रुपमा काम गर्ने यहाँ अभियन्ताकै खाल ओढेर भित्रैबाट राजनीतिक दलको सुराकी गर्दै आएको अब छर्लङग भएको छ । विभिन्न समयमा अभियन्ताको नाम भजाउनेहरु अहिले कुनै न कुनै दलको अंशमा विलिन हुँदै गएको छ । अभियन्ताको नाम भजाएर आफ्नो अस्तित्व पनि विलय गरेरै भएपनि राजनीतिक अंशमा नै विलय हुँदै गएको छ ।
यसका पछिल्ला उदाहरणहरुबाट प्रष्ट भएको देखिन्छ । हालै विभिन्न समयमा अभिन्यन्ताकै नाममा खुल्ला रुपमा राजनीतिमा आउन थालेको – सँजय यादव । कुनै बेला अधिकारकर्मी तथा सामाजिक अभियन्ता , यूनाइटेड मधेशीज अफ नेपालका र तराई मधेश उत्थान मञ्चका सँस्थापक बताउने यादव हालै मूलधारको राजनीतिमा खुलेर आउन थालेको समाजिक सञ्जालहरुमा पोष्टहरु देखिएको छ ।
यही वर्ष असोज ३ गते नेपालको संविधान २०७२ को विरोध गरी मिडियामा आएका सँजय यादव भर्खरै संविधान मान्ने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा प्रवेश गर्न लागेका हुन् । हुनतः संविधानलाई पहिल्यैदेखि राजपामा बसेर मान्दै आएका थिए, तर जनता र मिडियामा हिरो बन्न देखाबटी विरोध जनाउँदै आएका थिए ।
यतिका दिन आम सर्वसाधारण, आम नागरिकको हकहितको लागि लडेको भन्दै मिडियावाजी गरेका यादव राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा विलय तर्खरमा सुनिएको छ । मधेशको विभिन्न आन्दोलनमा आफ्नो सक्रियता जमाउँदै मिडियामा आएका यादवले अभियन्ता शब्दलाई भँजाउँदै त्यसैलाई सिढी बनाएर मूलधारको राजनीतिको छानो टेक्न प्रयासमा लागेका हुन् । हुनतः यादव पनि पहिलेदेखि नै राजनीतिमा लागेका थिए तर बजारमा भने आम सर्वसाधारणलाई आँखामा खरानी हालेर अभियन्ता बनेर घुम्दै थिए । यो कुनै ठुलो कुरा होइनन् । अहिले पनि भित्री राजनीति गर्नेहरु आफ्नो स्वार्थपूर्तिका लागि यस्ता सुराकी गर्दै आएको छ ।
यो पनि पढनुहोस् : असोज ३ देशकै लागि कालो दिन होः संजय यादव (विचार)
आन्दोलनको क्रममा पार्टीको सुराकी गर्दै अभियन्ताको खाल ओढेर विरोधमा उत्रनेको लर्कोमा यादव पनि थिए । त्यही विरोधभाष र मिडियाको आडमा आज मूलधारको राजनीतिमा उपल्लो पद पाउने धोको पूरा गरेको देखिएको छ । हुनतः राजनीतिमा पहिलेदेखि नै कुनै पार्टीको कार्यकर्ता बनेर काम गर्दै आएपनि बजारमा त स्वतन्त्र अभियन्ताकै ढालमा देखिएको थियो । असोज ३ लाई कालो दिनको रुपमा सम्म मनाएर नौटंकी जमाएका यादव अहिले पोष्ट, पद पाउने लोभमा खुल्ला रुपमै आएका हुन् ।
पछिल्ला देखावटी गतिविधिलाई मूल्याँकन गराउँदै सबैलाई देखाएर राजनीतिमा आए । फलानो समयमा यस्तो गरेको, उस्तो गरेको, यहाँ यस्तो गरेको, त्यहाँ त्यस्तो गरेको भनेर कार्य, विरोध मूल्याँकन गर्दै राजनीतिमा छानिन्छ एक पदको लागि , त्यही सँजय यादवले पनि स्वतन्त्र अभियन्ताको नाम भँजाएर आउन थालेको चर्चा छ । युवा सँजय यादव उपर त गरिब, निमुखा, उत्पीडनमा परेका वर्ग, सरकारको सेवासुविधाबाट बञ्चित भएका समुदाय आस लगाएर बसेकै थियो । कोही नगर्ने बेलामा सँजय यादव अगाडी आउँदा आस पालेका ती समुदायहरुको पनि अब अभियन्ताको शब्ददेखि घृणा गर्ने नौवत आएको देखिएको छ ।
सावित्री जी, “हामी धोती नै हो”, तर मन पवित्र छः संजय यादव (विचार)
यद्यपी, सँजय यादवको आफ्नो जीवन छ, आफ्नो स्वतन्त्रता छ जीवनको । उनले जे चाहे गर्न सकिन्छ । तर, यसरी अभियन्ताको नाम भँजाउँदै गरी राजनीतिक कार्यकर्ताको रुपमा अवसरवादी सोंच राखे निकट भविष्यमै अभियन्ता उपर कसैले विश्वास गर्ने छैनन् ।
यसअघि तुलानारायण साह जस्ता अभियन्ता पनि तत्कालिन मधेशी जनअधिकार फोरममा विलिन भएकै हुन् । मधेश फाउण्डेशनको नाममा मधेशी जनतासँग घात गरेकै हुन् । अभियन्ता बनेरै, समाजिक अभियन्ताकै नाममा राजनीतिमा खुट्टा टेकेका थिए । यसपछि पनि जनकपुरकै युवाहरु जो की आफूहरु स्वतन्त्र भएर लडने धाक देखाउँछन उनीहरु पनि अहिले कुनै न कुनै दलको कार्यकर्ताको रुपमा झण्डा बोकेका छन् । आफ्नो अधिकार, स्वतन्त्रता प्रयोग गर्नुपर्छ तर यसरी खाल ओढेर जनता ठग्नुभन्दा खुल्ला रुपमा गरेपनि कसैलाई कुनै आपत्ति हुने छैन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…