• २०७५ कार्तिक ३० गते, शुक्रबार
०२:१२ pm

सावित्री जी, “हामी धोती नै हो”, तर मन पवित्र छः संजय यादव (विचार)  

“तपाई जस्ता मानसिकता भएको अधिकारकर्मी हुने देशमा डा. राउत जस्ताको जन्म हुनु स्वाभाविक नै हो ।”

मानवको ब्यवहार उसले पाएको संस्कारबाट निर्मित हुन्छ । र, भेदभाव पनि हामीले आफ्नै समाज र परिवारबाट कही न कही प्रभावित भई सिकेका हुन्छौं । हामीले हुर्केको र बढेको बातावरणले हाम्रो जीवन र व्यवहारमा धेरै नै फरक पारेको हुन्छ । र, त्यो व्यवहार नै हामी जहाँ गए पछ्याई रहेको हुन्छ । समाजमा परिवर्तन ल्याउनका लागि सबभन्दा पहिला हामी नश्लीय चिन्तनबाट माथि उठेर आफ्नो जीवन र व्यहवारमा उतार्नु पर्छ । अनि मात्र परिवर्तन सम्भव हुन्छ । 

 

एउटा समाजसेवी र अधिकारकर्मीको आँखा धेरै नै निष्पक्ष र दयालु हुन्छ । जीवनको  भोगाईले धेरै नै कुराको अनुभव गराई सकेको हुन्छ । र, उसको अनुभवले कहिले पनि उत्पीडित र शोषित समुदायलाई अपसब्दहरू प्रयोग गर्न दिदैँन ।

 

सावित्री जी, “हामी धोती नै हो” । हाम्रो जिउ मात्रै कालो छ, मन एकदम निर्मल र पवित्र छ । तर, तपाईको जिउ गोरो भएपनि मन साह्रै नै कालो देखियो ।

 

तपाई जस्तो ढोंगी समाजसेवीको लागी हामी गाधा नै ठीक हो, जो कुनै समुदाय नहेरी मानवता र अधिकारको लागि गाधा जस्तै लागिपरेका हुन्छौं । यसको जल्दोबल्दो उदाहरण निर्मला बहिनीको न्यायको लागि मधेश भरी नै भएको आन्दोलन हो । यतिमात्र हैन अस्ति भएको मधेश आन्दोलन पनि हो । जसमा हामी मधेशीले देश भरिकै महिला र सीमान्तकृतको अधिकारको कुरा गरेका थियौं । जो तपाई जस्ता निर्लज, ढोंगी, नश्लीय अधिकारकर्मीले बुझ्न सक्दैन । 

 

तपाईहरु सम्प्रदायिकताको चरम सीमा नाघेपनि मधेशी मानवता र सीमंगकृतको अधिकारको लागि आवाज उठाई नै रहनेछ । बरु तपाई जस्तो पाखण्डी र चरित्रहिनलाई साथ दिदैनौं । मधेशमा पनि दिन्हु बालात्कारका घटनाहरु घटी रहेको छ । तर, तपाइको मुख र आँखा किन बन्द छ ? खै तपाई मधेश नदेखेर हो कि ? तपाईको लागि मधेशी महिला, महिला नै होईन । यसरी तपाई आफ्नो व्यक्तिगत फाईदा र ख्यातिको लागि महिला र अधिकारकर्मीलाई बदनाम गर्दै नहिड्नुस् । 

 

विश्वलाई शान्तिको संदेश दिने बुद्ध “धोती” नै थिए । र, कालै नै थिए । तपाई इतिहास पढेको भए सायद यो शब्दको प्रयोग गर्नुहुन्थ्यो नहोला । तपाई पनि धोतीकै सन्तान हो । त्यसको प्रमाण अहिले पनि कुनै पूजापाठ गर्दा तपाईको बुवाले लगाएको धोतीबाट बुझ्न सक्नुहुन्छ । र, तपाईको आमाले लाउने साडी पनि धोती नै हो । जो समय र अविष्कारको साथ साथ मोडर्न हुँदै गयो ।

 

मधेशको पक्षमा उभिने अभियानी र नेता नै असलमा राष्ट्रवादी हुन् । जो राज्यबाट शोषित र सीमान्तकृत परिएका समुदायको लागी आवाज उठाउँन आफ्नो जिम्मेवारी बुझ्छन् । नत्र नश्लीय नासामा रमाउने त धेरै नै छ । जसले दिन प्रतिदिन देशलाई विखण्डनको तर्फ धकेल्दै छ । भोली देश विखण्डन भयो भने त्यसको सब भन्दा ठुलो दोषी राज्य र साबित्री जस्ता नश्लीय सोचका व्यक्तिहरू नै हुनेछन् । साबित्री र साबित्री जस्तै बिवेकहीनलाई राष्ट्रियताको पाठ सिक्न एकदम जरूरी छ की राष्ट्रियता र जातीयतामा के फरक हुन्छ भनेर । 

 

तपाई जस्तो जातिय व्यक्तिले डा. सिके राउत माथि सवाल उठाएको सुहाएन । त्यति नै टाउकोले फुटबल खेल्ने ईच्छा छ भन्ने डा. राउतको भन्दा पहिला नश्लीय नेताहरुको टाउकोबाट खेल्नु । जसले राष्ट्रियतालाई जातीयतासम्म मात्रै सीमित राखेको छ । तपाई जस्ता अधिकारकर्मीले जातभन्दा माथि उठेर सबै समुदाय र जनताको हितको कुरा गर्नु कहाँ हो कहाँ, नश्लीय सामन्ती सत्ताधारीले मधेशी र थारुको छाती र टाउकोमा गोली हान्न लगाउने जस्तै मानसिकताबाट तपाईपनि ग्रसित भएको देखियो, हैट ।

 


“तपाई जस्ता मानसिकता भएको अधिकारकर्मी हुने देशमा डा. राउत जस्ताको जन्म हुनु स्वाभाविक नै हो ।”

 

इतिहास गवाह छ । पहाडमा आपत–बिपत आउँदा मधेशलाई दुख्यो, मधेशीलाई दुख्यो, सबलाई दुख्यो । तर, मधेश हमेशा मधेशीलाई मात्रै किन दुख्छ ? कहिले सोच्नु भएको छ ? र, डा. राउतको टाउको काटेर फुटबल खेल्ने कुरा गर्नुहुन्छ । सोभ्दैन, सस्तो लोकप्रियताका लागि अधिकारकर्मीको ढोंग गरेर अधिकारकर्मीहरुको नाम नघिनाई दिनुस् । 

 

                संजय यादव 
अधिकारकर्मी तथा सामाजिक अभियन्ता 
संस्थापकः यूनाइटेड मधेशीज अफ नेपाल
संस्थापकः तराई मधेश उत्थान मञ्च

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस