३५ विपन्न र गरिबलाई माँ लक्ष्मीको कम्बल
सुत्केरी महिलाहरुलाई असहज भईरहेको अवस्थामा उनीहरुलाई सहयोग गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

२०७६ माघ १ बुधबार, दिउँसो ४:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवा क्लबको निगरानीमा ३५ जना विपन्नलाई कम्बल वितरण गरिएको छ ।
धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ६ सिरसिरयामा शितलहर र चिसोका कारण प्रभावित भईरहेको भन्दै अति विपन्न ३५ जनालाई स्थानीय माँ लक्ष्मी युवा क्लबले मोटो कम्बल वितरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी क्लबले उक्त कम्बल वितरण गरेको हो ।
जाडोका कारण कठयाँग्रिर जीवन विताईरहेका जेष्ठ नागरिकहरुलाई मध्यनजर गर्दै क्लबका अध्यक्ष राम भरोस यादबको पहलमा कम्बल वितरण गरिएको हो । केही दिन यता लगातार शितलहर चल्दा विपन्न, गरीब, असहाय जेष्ठ नागरिक दलित र सुत्केरी महिलाहरुलाई असहज भईरहेको अवस्थामा उनीहरुलाई सहयोग गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

पूर्व साँसद नेपाली काँग्रेसका नेता प्रा डा. चन्द्रमोहन यादवको प्रमूख आतिथ्यमा सिरसियाका विपन्न समुदायलाई कम्बल वितरण गरिएको हो । वडा नं. ६ का वडाध्यक्ष राम प्रकाश यादवको विशेष उपस्थितिमा कम्बल वितरण गरिएको जनाइएको छ । क्लबको तर्फबाट राम केबल यादव, सुबोध कुमार यादब, पप्पु कुमार यादब, उदित नारायण यादब , दिपक रजक , राम लोचन यादब, बिपिन कुमार साह, भरत ठाकुर शर्मा , राज कुमार यादबको विशेष सहयोगमा वितरण गरिएको हो ।
उक्त कम्बल वितरण गरेपछि उनीहरुले राहत महसुस गरेका छन् । नेपाली कांग्रेस मिथिला बिहारी नगरपालिका का साभापति राजेन्द्र प्रसाद यादब, पूर्व वडाध्यक्ष धनेश्वर यादब, सामाजसेवी गुमानी यादब, राजकिशोर यादब, बमदेब यादब, बिनोद यादब, राजे झा, कमिटीका उपाध्यक्ष , अनरुद यादब, सचिव सुर्यदेव यादब , राम कुमार यादब, सँतोष यादब, संजिप सादा, रबि यादब प्रताब यादब, जितेन्द्र यादब, जागेश्वर यादब लगायतको रोहबरमा कम्बल वितरण गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…