दिलीपको सम्झनामा लहानमा दीप प्रज्वलन, 'पर्यावरण सहिद' घोषणा गर्न माग
न्यूज ब्यूरो, सिरहा । क्रसर माफियाद्वारा हत्या गरिएका धनुषाको मिथिला नगरपालिका–५ का दिलीप महतोको सम्झनामा लहानमा दीप प्रज्वलन गरिएको छ । युवाहरुको एक समूहले लहानको सहिद रमेश चोकमा श्रद्धाञ्जली सभा आयोजना गरि दिलीपको सम्मान एवं सम्झनामा दीप प्रज्वलन गरेको हो । उनीहरूले अवैध उत्खननविरुद्धका अभियन्ता द

२०७६ पुस २८ सोमबार, राति ९:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । क्रसर माफियाद्वारा हत्या गरिएका धनुषाको मिथिला नगरपालिका–५ का दिलीप महतोको सम्झनामा लहानमा दीप प्रज्वलन गरिएको छ ।
युवाहरुको एक समूहले लहानको सहिद रमेश चोकमा श्रद्धाञ्जली सभा आयोजना गरि दिलीपको सम्मान एवं सम्झनामा दीप प्रज्वलन गरेको हो । उनीहरूले अवैध उत्खननविरुद्धका अभियन्ता दिलीपको हत्यामा संलग्न दोषीलाई कारवाहीको मागसमेत गरेका छन् ।
गत शुक्रवार बिहान ५ बजे औरही खोलामा हत्या गरिएका २४ वर्षीय दिलीपको हत्यामा संलग्न दोषीलाई कडा कारवाहीको मागसहित प्रथम पर्यावरण सहिद घोषणा गर्न पनि माग गरिएको छ ।
श्रद्धाञ्जली सभामा सहभागीहरुले मृतक दिलीपलाई सहिद घोषणा गर्नुपर्ने र हत्यारालाई जन्मकैदको सजाय लगायतका माग गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…