दिलिपलाई पर्यावरण शहिद घोषणा सहित CIB द्वारा घटनाको जाँच गर्न माग
दोषीलाई कडा भन्दा कडा सजाय गर्न सरकारलाई सिफारिस गर्न आग्रह गरिएको छ ।

२०७६ पुस २७ आइतबार, राति ९:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पर्यावरण अभियानीको रुपमा काम गर्दै आएका धनुषाका दिलीप यादवको हत्यारालाई कारवाहीको माग गरिएको छ । उनलाई प्रथम पर्यावरण शहिदको रुपमा घोषणा गर्न समेत माग गरिएको ।
आईतबार युथ एशोसिएशन अफ नेपाल (यान) तथा वातावरण संरक्षण अभियानीहरुले जनकपुर र काठमान्डौंमा एक साथ प्रदर्शन गर्दै दिलिपको घटनामा निष्पक्ष छानविनको माग गरेको हो । आईतबार राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय हरिहर भवन ललितपुरमा ज्ञापनपत्र बुझाउँदै यानका पदाधिकारीहरुले दिलीपको हत्या सम्पूर्ण अभियन्ताको हत्या भएको ठहर गरेको छ ।
मानव अधिकार आयोगमा बुझाएको ज्ञापन पत्रमा –“ दिलीपको हत्या कुनै एउटा व्यक्तिको मात्र हत्या नभइ गलत प्रभृति विरुद्ध बोल्न साहस गर्ने हरेक अभियान माथिको आक्रमण हो र हरेक अभियन्ताको हत्या हो। आज दिलीपको हत्या गर्ने अपराधी छुट्न गएमा वा तिनले कम सजाय पाएमा “पर्यावरण सहिद” दिलीप र उसको परिवारलाई त अन्याय हुन्छ नै यसको साथै समाजमा गलत प्रभृति भएका मान्छेले र त्यो धनुषाको दिलीपको जस्तो हालत गरी दिउ” भनी उदाहरण दिँदै गलत विरुद्द बोल्नेको घाँटी न्याक्ने छन्।” उल्लेख गरिएको छ ।
दिलिपको यस मुद्दालाई राष्ट्रिय मानव अधिकार आयोगबाट तत्काल विशेष समिति बनाई निष्पक्ष छानबिन गर्नुपर्ने तथा दोषीलाई कडा भन्दा कडा सजाय गर्न सरकारलाई सिफारिस गर्न आग्रह गरिएको छ । उनीहरुले वातावरणको अनधिकृत दोहन भैँरहे मानव अधिकारको सुनिश्चत्ता सम्भव नहुने भएकोले वातावरणको अनधिकृत दोहनको सम्बन्धमा समेत विशेष समिति बनाई अनुसन्धान गरी सरकारलाई आवश्यक सिफारिस गोरस तथा आउने दिनमा अभियन्ताहरूको मानव अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा समेत गम्भीर भै आवश्यक कदम चालोस् भन्ने अपेक्षा सहित आग्रह गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…