मेयर दासको अडानले दलितवस्ती तत्कालै जोगियो
जे गरेपनि स्वीकृतिको लागि नगरपालिका कार्यालयको अनूमति नै चाहिएकोले नभत्काउनुको विकल्प पनि थिएन् ।

२०७६ पुस २६ शनिबार, बेलुकी ५:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाढीमा रहेको दलितवस्तीमा डोजर चलाउन पुगेका प्रशासनलाई नगर प्रमुख बेचन दासले रोकेपछि वस्ती जोगिएको छ । यद्यपी, त्यो वस्ती तत्कालैको लागि मात्र जोगिएको बताइएको छ ।
त्यहाँ स्थित रहेको ऐलानी (सार्वजनिक) जग्गामा विगत ४० वर्ष बढीदेखि बसोबास गर्दै आएका भूमिहिन अल्पसँख्यक समुदायको वस्तीमा अदालतले खाली गराउने आदेश दिएपछि सिँगो वस्तीमै त्रास फैलिएको थियो । अदालतको आदेशानुसार घर भत्काउन डोजर सहित गएका प्रशासनलाई नगर प्रमुख दासले अर्को व्यवस्था नहुन्जेलसम्म घर भत्काउन नपाइने अडान लिएपछि वस्ती जोगिएको हो ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर दासले भन्नुभयो–“प्रहरी प्रशासन डोजर सहित आएको मलाई खबर भएलगत्तै म वडामा पुगेको थिए । त्यहाँ प्रशासनसँग, सरोकारबालासँग भेटेर जबसम्म उनीहरुको वासको अर्को स्थायी व्यवस्था हुदैन तबसम्म मानव अधिकारको दृष्टिकोणले पनि घर भत्काउन नहुने भनेपछि रोकिएको हो ।
यो पनि पढनुहोस् : धनुषाको दलित वस्तीमा डोजर, सिँगो वस्तीमै त्रास !
वडा नं. १ का वडाध्यक्ष रामवृक्ष ठाकुरलाई समेत त्यहाँ खाली गराएपनि कुनै फ्याक्ट्री नलाग्ने भनेपछि सहमत भएको हो । मेयर दासले भन्नुभयो–“मैले वडाध्यक्ष जीलाई पनि भने, त्यहाँ खाली गराएपनि त्यो जग्गा त सार्वजनिक छ, त्यसमा विना नगरपालिकाको अनुमतिमा केही गर्न पनि पाइदैन र अहिले त्यस्तो कुनै आवश्यकता पनि छैन् । त्यो जग्गामा जे गरेपनि स्वीकृतिको लागि नगरपालिका कार्यालयको अनूमति नै चाहिएकोले नभत्काउनुको विकल्प पनि थिएन् ।”
डोजर र प्रहरी प्रशासन पुगेपछि भएको सर्वपक्षीय छलफलमा मेयर दासले सुकुम्बासीको व्यवस्थापन विना बस्ती खाली गर्न नहुने बताएका थिए। ठाडीझिजा प्रहरी चौकीमा मेयर दाससँगै राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख वीरबहादुर मगर, इन्सेकका प्रदेश २ संयोजक राजु पासवान, अदालतका प्रतिनिधि, प्रहरी प्रतिनिधि, स्थानीय अगुवा र पीडित पक्षका अगुवाबीच भएको सर्वपक्षीय छलफलमा मेयरले कुनै पनि हालतमा डोजर चलाउन नदिने बताएका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…