बलिदानी दिवसको विशेष समारोह यसवर्ष वीरगंजमा हुने
२०६३ साल यता मधेश केन्द्रित दलहरुले शहिदहरुको सम्झनामा बलिदानी दिवस मनाउँदै आएको हो ।

२०७६ पुस २४ बिहीबार, दिउँसो १:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश आन्दोलनमा बलिदानी दिएका शहिदहरुको सम्झनामा मनाइने बलिदानी दिवस प्रदेश सरकारले यसवर्ष वीरगंजमा विशेष समारोहको आयोजना गरी मनाइने भएको छ ।
प्रदेश सरकार मन्त्रीपरिषद्को आजको बैठकले माघ ५ गते बलिदानी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । प्रदेश सरकारको आयोजनामा हुने उक्त कार्यक्रममा विभिन्न शीर्ष नेताहरुको सहभागिता रहने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।
कार्यक्रममा मधेश आन्दोलनका शहिद परिवार एवं घाइतेहरुलाई सम्मान समेत गरिने जनाइएको छ । २०६३ साल यता मधेश केन्द्रित दलहरुले शहिदहरुको सम्झनामा मनाउँदै आएको बलिदानी दिवस गत वर्षदेखि प्रदेश सरकारले मनाउन थालेको हो ।
प्रथम मधेश आन्दोलन २०६३ सालयता मनाइँदै आएको बलिदानी दिवस प्रदेश सरकार गठन भएपछि गत वर्ष माघ पाँच गते सिरहाको लहानमा विशेष समारोहको आयोजना गरेर मनाइएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…