‘पत्रकारहरुले नै गुण्डाशैलीमा महिलाहरुलाई कुटपिट गरे'
आवश्यक क्षतिपुर्ति अपराधीहरुबाट भराई दिनहुन सरोकारवालाहरुसंग माग समेत विज्ञप्ति मार्फत गरिएको हो ।

२०७६ पुस २३ बुधबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मँगलबार जनकपुरमा भएको पत्रकार–मेयरबीचको कुटपिट घटनाप्रति जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट आपत्ति प्रकट गरिएको छ ।
एपमहानगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवद्धारा हस्ताक्षरित एक प्रेस विज्ञप्तिमा पत्रकारहरुले गुण्डा शैलीमा कर्मचारीहरु उपर कुटपिट गरेको उल्लेख गरेको छ । विज्ञप्तिमा तथाकथित सँचारकर्मीहरुको स्वेच्छा पुरा गर्न नसकेको कारणले उपमहानगरपालिका भित्र वितण्डा मच्चाएको उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखामा आवद्ध अमरकान्त ठाकुर ,विकास साह, सत्रुधन यादव तथा ऐ शाखाका अध्यक्ष अनिल मिश्र समेतका पत्रकारहरु अन्दाजी अपरान्ह १ः३० बजेको समयमा गुण्डा शैलीमा जनकपुरधाम उपमाहानगरपालिकाको कार्यालयमा प्रवेस गरी सेवाग्राहीहरुलाई अपशव्द प्रयोग गर्दै नगरप्रमुखको कार्यकक्षमा पुगी उक्त ठाउमा उपस्थित नगरप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष, सेवाग्राही समेतलाई अभद्र व्यवहार र कुटपिट गरी मचाएको वितण्डा मच्चाएको उल्लेख गरेको छ ।

“उक्त घटनाप्रति यस जनकपुरधाम उपमाहानगरपालिकाको नगरकार्यपालिकाको गम्भीर ध्यानाकषर्ण भई उल्लेखीत घटनाको घोर भर्त्सना गर्दछ तथा अपराध घटाउने पत्रकारहरुमाथि कानुन बमोजीमको स्वतन्त्र, निस्पक्ष न्यायिक समिति गठन गरी सत्य तथ्य अनुसन्धान गरी अनुसन्धानबाट ठहर हुने अपराधि पत्रकारहरुमाथि हदैसम्मको कारबाहीको माग गर्ने निर्णय गरिएको छ ।”– प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसका साथै, कुटपिटबाट घाइते भएको महिला प्रमीला मण्डल, सुनीता मेस्तरी, मिना साह, पुष्पा यादव समेतको स्वास्थ्यलाभको कामना गर्दै पिडीत महिलाहरु उपर भएको क्षतिको आवश्यक क्षतिपुर्ति अपराधीहरुबाट भराई दिनहुन सरोकारवालाहरुसंग माग समेत विज्ञप्ति मार्फत गरिएको हो ।
मँगलबार जानकी मन्दिर अतिक्रमण सन्दर्भमा सूचना माग्न गएका पत्रकारहरुलाई मेयर साहको कार्यकक्षमै कुटपिट भएको थियो। जानकी मन्दिरको फूलबारी अतिक्रमण सम्बन्धी बाईट र सूचना लिनका लागि नगरपालिका पुगेका सँचारकर्मीहरुलाई मेयरकै ईसारामा कुटपिट गरिएको आरोप लगार्ईको हो ।
जनकपुरका मेयर लालकिशोर साहद्धारा अमिनलाई अभद्र गालीगलौज सहित धम्की !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…