आज जानकी मन्दिरको जग्गा छुटयाइदै
जानकी फूलबारीको जग्गा अतिक्रमण भएको स्थानीयहरुको ठहर छ ।

२०७६ पुस २१ सोमबार, बिहान ९:१५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । विगत केही महिनादेखि निरन्तर विवादित भएको जानकी मन्दिरको फूलबारी जग्गा आज (सोमबार) छुटयाउने भएको छ ।
नापी कार्यालय धनुषाले जिल्ला प्रशासन कार्यालय धनुषाको पत्रानुसार आज विहान १० बजेदेखि फूलबारीको जग्गा छुटयाउने आदेश गरेपछि सबै पक्षको रोहबरमा उक्त जग्गा छुटयाउने भएको छ । जानकी फूलबारीको पूर्व पट्टिीको दुवै तर्फको जग्गा नापजाँच गरी स्केच तयार गर्न निर्देशन दिएको हो ।
.jpg)
जिल्ला प्रशासन कार्यालय धनुषाको चलानी नं. ३५०४ को मँसिर २९ गतेको पत्रानुसार नापी कार्यालय धनुषालाई जग्गा नापजाँच गरी स्केच नक्सा समेत तयार गरी प्रतिवेदन गर्न निर्देशन दिएको हो । सो क्रममा हुन सक्ने सम्भावित उच्छृँगल व्यवहारलाई मध्यनजर गर्दै स्थानीय प्रशासनलाई समेत सुरक्षा प्रदान गर्न पत्राचार गरेको हो ।
नापीको लािग सर्वेक्षकहरुमा प्रदीप कुमार साह, राम परीक्षण पण्डित, पुलकित साह लगायतले नाप जाँच गर्ने भएको छ । नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले सवै पक्षलाई १० बजे उपस्थितको लागि अनुरोध गर्नुभएको छ । जानकी फूलबारीको जग्गा अतिक्रमण भएको स्थानीयहरुको ठहर छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…