मुसहर वस्तीका बालबालिकाहरुको कपडाको लागि चिया बेचेर रकम सँकलन गरिदै
चिसोका कारण जनजीवन प्रभावित भएको छ भने अति विपन्न समुदायलाई समय काटन कठिनाई भएको छ ।

२०७६ पुस १४ सोमबार, बेलुकी ६:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको खजुरीका मुसहर समुदायका बालबालिकाहरुको लागि न्यानो कपडा खरिद हेतु खुसीको चिया वितरण कार्यक्रम सुरु गरिएको छ ।
धनुषाको जनकनन्दीनी गाउँपालिका वडा नं. १ का मुसहर वस्ती तथा अति विपन्न परिवारका बालबालिकाहरुको लागि शितलहरमा आवश्यक पर्ने न्यानो कपडा खरिदको लागि चिया बेचेर रकम सँकलन गरिदैछ । चितवनका समाजिक अभियन्ताहरुले नारायणगढको पुलचोकमा आईतबार र सोमबार बिहान चिया पकाएर बिक्री गरी आर्थीक संकलन अभियान सुरु गरेका हुन् ।
पुजा भुसाल, सुनिता खड्का, प्रकाश थापा, विमल साप्कोटा सहितका अभियान्ताहरुको एक टोलीले मुसहर बस्तिका बिपन्न परिवारका अभिभावक सहित बालबच्चाका लागी न्यानो कपडा वितरण गर्ने उद्धेश्यले “खुसिको चिया” कार्यक्रम गरी आर्थीक संकलन थालेको अभियन्ता प्रकाश थापाले बताउनुभयो।
सो ठाउँका स्थानीयहरु गरिबिको चपेटामा रहेको र बालबच्चा जाडोका कारण परालमा सुत्न बाध्य भएको भन्ने आफुहरुलाई जानकारी आएपछि आफुहरु मिलेर यस्तो कार्यक्रम गरेको उहाँले बताउनुभयो। उक्त कार्यक्रमबाट २० हजार बढी रकम सँकलन भएको जनाउँदै आर्थीक संकलन गरी अन्य दाताहरुसंग पनि केहि रकम सहयोग मागी बालबालिकाका लागी न्यानो कपडा वितरण् गर्ने थापाले बताउनुभयो ।
जाडोमा कठांग्रिएका बालबालिकालाई न्यानो कपडा वितरण गरी यस वर्षको जाडोबाट बचाउने उदेश्य स्वरुप आफुहरुले यस्तो कार्यक्रम थालेको अभियन्ता विमल सापकोटाले थप्नुभयो । साथै आफुहरुले थालेको अभियानमा सबैलाई साथ दिन आग्रह समेत गर्नुभयो। “मन्दिर गएर भगवान पुज्नु भन्दा गरिव दुखिलाई साथ दिनु, सहयोग गर्नु धर्म हो ।” भन्दै सापकोटाले सबै पक्षसँग सहयोगको अपेक्षा गर्नुभयो ।
विगत केही दिनदेखि तराई मधेशमा बढेको अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको छ भने अति विपन्न समुदायलाई समय काटन कठिनाई भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…