समाजवादी पार्टीद्धारा सरकारलाई दिएको समर्थन फिर्ता
समाजवादीले सरकार छाडेपछि राजपा सरकारमा सहभागी हुने चर्चा चलेपनि यसबारे कुनै टुंगो लागेको छैन ।

२०७६ पुस ९ बुधबार, दिउँसो ३:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको सरकारले दुईतिहाई बहुमत गुमाएको छ ।
समाजवादीका एक नेताका अनुसार पार्टीले अब प्रतिपक्षमा रहेर भूमिका निर्वाह गर्नेछ । समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि भावी योजनाबारे केही बोलेको छैन ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पेश गरेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए । त्यसलगत्तै मंगलबार उपप्रम यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए ।
पार्टीको आगामी रणनीतिबारेमा समाजवादीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार दिउँसो पत्रकार सम्मेलन तयारी गरेको छ । समाजवादीले सरकार छाडेपछि राजपा सरकारमा सहभागी हुने चर्चा चलेपनि यसबारे कुनै टुंगो लागेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…