अन्ततः उपेन्द्र यादवले सरकारबाट दिए राजीनामा !
पहिलो बैठकमै प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएको थियो ।

२०७६ पुस ८ मंगलबार, दिउँसो ३:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संविधान संशोधनको प्रस्ताव ठाडो अस्विकार भएपछि समाजवादी पार्टीले संघीय सरकारबाट राजीनामा दिएका छन् ।
स संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको केही घण्टामै समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सरकारबाट राजीनामा लिने घोषणा गर्नुभएको छ । उहाँले सम्हाल्दै आएको उपप्रधान एवम् कानुन मन्त्रीको पदबाट समेत राजीनामा दिनुभएको छ ।
सोमबार प्रस्ताव पेश गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली रिसाउँदै यादवलाई बर्खास्त गर्ने तयारी गरेको खवर पाएलगत्तै राजीनामा दिनुभएको बुझिएको छ । उहाँसगै सरकारमै रहेका सहरी विकासमन्त्री मो. इस्तियाक राइले समेत पदबाट राजीनामा दिनुभएको छ ।

पार्टी अध्यक्षसमेत रहेका यादवले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको उल्लेख गर्नुभएको हो । बर्खास्त गरेपछि पनि मन्त्री पद च्वाट्ट हुने तथा अपमानीत हुनुभन्दा अघि नै राजीनामा पेश गरेको बुझिएको छ ।
स्वास्थ्यमन्त्रीबाट कानुन मन्त्रीमा सरुवा भएपछि पहिलोपटक सोमबार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए । उनको प्रस्तावको पहिलो बैठकमै प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएको थियो ।
पत्रमा भनिएको छ, ‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…